काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको तेस्रो खेलमा दुई विकेट लिन सफल भएका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीपले सिड्नी सिक्सर्सविरुद्ध आफ्नो तेस्रो ओभरमा पनि विकेट लिएका हुन् । ब्याट फ्लिप हारेर ब्याटिङ गरिरहेको घरेलु टोलीका टम करणलाई सन्दीपले २ रनमा एलबिडब्लु आउट आउट गरे ।
यसअघि सन्दीपले दोस्रो ओभरमा मोइसेस हेनरिक्सलाई ९ रनमा एलबिडब्लु आउट गरेका थिए । सन्दीपले दोस्रो ओभरमा ४ रन खर्चेर १ विकेट लिएका हुन् ।
पहिलो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् । पहिलो ओभरमा सन्दीपले ४ रन खर्चिए ।
किफायती बलिङ गरिरहेका सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिईसकेका छन् ।
सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए ।
यस्तै दोस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका थिए ।