काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताको उपाधि कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले जितेको छ ।
सिनामंगलको अर्किड कलेजको फुटसल कोर्टमा भएको फाइनलमा काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
दुई गोलले पछि परेको कलेज अफ बायोमिडकलले उत्कृष्ट कमब्याक गर्दै निर्धारित ६० मिनेटको खेलमा ६–५ ले उपाधि जित्न सफल भयो ।
बायोमेडिलका तर्फबाट विप्लव थापा एक्लैले ४ गोल गर्दा मन्जील श्रेष्ठ र मनिष मगरले एक एक गोल थपेका थिए ।
काष्ठमण्डपका लागि सुजन थापाले २ गोल गर्दा विकास महर्जन, सन्जीत क्षेत्री र कृष्ण दुलालले एक एक गोल थपेका थिए । उपाधि विजेता बायोमेडिकलले नगद १ लाख प्राप्त गर्दा उप विजेता भएको काष्ठमण्डपले ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिता अवधिभर बायोमेडिकलका विप्लव थापाले सर्वाधिक गोल गर्दै उपाधि जिते । उनले ४ खेलमा १५ गोल गरेका थिए ।
उत्कृष्ट गोलरक्षकको उपाधि पनि बायोमेडिकलकै प्रज्वल प्याकुरेलले पाउँदा उत्कृष्ट खेलाडीको अवार्ड पनि बायो मेडिकलका कृष्ण दुलाल घोषित भए ।
विधागततर्फ पनि उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाएका छन् ।