पाकिस्तानमाथि फराकिलो जित

काठमाडौं। पाकिस्तानमाथि फराकिलो जित निकाल्दै नेपाल साफ महिला फुटसल च्याम्पियनसिपको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार नेपालले ५–१ को जित हात पारेको हो।
जितसँगै ५ खेलबाट ७ अंक पुर्याएको नेपाल तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट पाकिस्तानको पनि समान अंक छ। तर, पाकिस्तान गोलअन्तरमा नेपालभन्दा मुनी छ।
नेपालले लगातार दुई हारपछि जित निकालेको हो। पहिलो खेलमा अग्रता जोगाउन नसक्दा नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो।
तर, दोस्रो खेलमा माल्दिभ्समाथि ५–० को ऐतिहासिक जित निकालेको थियो। यो अन्तर्राष्ट्रिय फुटसलमा महिला टोलीको पहिलो जित थियो।
तर, त्यसपछि नेपालले भारतसँग ८–१ र बंगलादेशसँग ३–० को लगातार हार बेहोरको थियो।
अब नेपालले भुटानसँग एक खेल खेल्न बाँकी छ। त्यसैले नेपालको उपाधि सम्भावना लगभग समाप्त भइसकेको छ।






-1768897962219.jpg&w=3840&q=75)




-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)

