• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विश्व फुटबलमा २०१८ : एमबाप्पेको उदयदेखि मोरिन्होको बर्खास्तसम्म
खेलपाटी संवाददाता
मंगलबार, पुस १०, २०७५ खेलपाटी संवाददाता
विश्व फुटबलमा २०१८ : एमबाप्पेको उदयदेखि मोरिन्होको बर्खास्तसम्म

एजेन्सी । विश्व फुटबलमा सन् २०१८ को बर्ष निकै सुन्दर रह्यो । फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता फिफा विश्वकप यसै बर्ष आयोजना भयो ।

सधै झैँ युरोपियन क्लब फुटबलमा निकै प्रतिस्पर्धा भयो । केहि रोचक घटना भए । च्याम्पियन्स लिग होस् या घरेलु लिग । सबै लिगको प्रतिस्पर्धा उस्तै रह्यो ।

अब विश्व फुटबलले रोमान्चक बर्ष सन् २०१८ लाई केहि दिनपछि विदाई गर्दै नयाँ बर्षको स्वागत गर्दैछ । तर, विश्व फुटबलमा सन् २०१८ को बर्ष यादगार बन्नेछ ।

कारण, यस बर्ष विश्व फुटबलमा अनौठा घटना देखि रोचक घटनाहरु घटे । जुन फुटबल पछ्याउने समर्थकहरुले सधै सम्झिरहने छन् ।

सन् २०१८ मा भएका केहि मुख्य घटनाहरु :

एमबाप्पेको उदय

रुस विश्वकप दौरान चर्चित बने – फ्रान्सका केलियन एमबाप्पे ।

हुन त एमबाप्पे विश्वकप अगाडी नै चर्चाका पत्र बनिसकेका थिए । तर, विश्वकपमा १९ बर्ष पुगेका एमबाप्पेको प्रदर्शनले सबैलाई आकर्षित गरेको थियो ।

रुस विश्वकप एमबाप्पेकै टिम फ्रान्सले जितेको थियो । जसमा एमबाप्पेको उच्च प्रदर्शन र गोल महत्वपूर्ण रह्यो । विश्वकपमा एमबाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भए ।

Image result for mbappe win

एमबाप्पेले विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध गोल समेत गरे । र, एमबाप्पे ब्राजिलियन लिजेण्ड पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बने । उनले अर्जेन्टिनाविरुद्ध गरेको गोल समेत सबैले सम्झिरहने छन् ।

एमबाप्पेले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी प्रदर्शनलाई जित्ने खेलाडीको रुपमा हेरिएको छ । त्यसैले यस बर्ष एमबाप्पेको उदय भएको बर्ष मानिएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का एमबाप्पेले यस सिजन १३ खेलमा ११ गोल गरिसकेका छन् ।

 

आर्सनलबाट वेंगरको विदाई

प्रशिक्षक आर्सेन वेंगरले इंग्लिश क्लब आर्सनलमा २२ बर्ष बिताए । तर, यसै बर्ष प्रशिक्षक  वेंगरले क्लबबाट विदाई पाए ।

सन् २०१७-१८ को सिजन सकिए लगत्तै प्रशिक्षक वेंगरले क्लब छाडेको घोषणा गरे । २२ बर्ष आर्सनल बसाईमा उनले क्लबलाई धेरै उपाधि दिलाए । तर, पछिल्लो सिजन आर्सनलको खस्कतो प्रदर्शनले आर्सनल प्रशिक्षक वेंगरबाट सन्तुष्ट थिएनन् । त्यसैले वेंगरले आर्सनलसंगको २२ बर्षे लामो यात्रा अन्त्य गर्ने निर्णय गरे ।

Image result for wenger farewell

सन् १९९६ बाट प्रशिक्षक रहेका वेंगरले आर्सनललाई ३ पटक लिग च्याम्पियन र ७ पटक एफए कपको उपाधि दिलाएका थिए । फ्रान्सका पुर्व मिडफिल्डर समेत रहेका ६८ बर्षिय वेंगरले आर्सनललाई ७ पटक नै कम्युनिटी शिल्डको उपाधि दिलाएका थिए । वेंगरले आर्सनलमा २२ बर्ष बिताउदा १२ सय २८ खेलमा ७०४ जित दिलाएका छन् । 

विश्व फुटबलमा सन् २०१८ मा वेंगरको विदाईलाई महत्वपूर्ण घटना मानिएको छ ।

 

पेनाल्टीमा इंग्ल्यान्डको सफलता

रुस विश्वकप फुटबलमा इंग्ल्यान्डको सेमिफाइनल सम्मको यात्रालाई समेत यस बर्षको महत्वपूर्ण घटनाको रुपमा हेरिएको छ ।

जसमध्ये इंग्ल्यान्डले अन्तिम १६ मा कोलम्बियाविरुद्धको पेनाल्टी जित महत्वपूर्ण मानिएको छ । किनकी इन्ग्लिश टोली प्राय ठुला प्रतियोगिताको पेनाल्टी सुटआउटमा चुक्दै आईरहेको थियो । तर, रुस विश्वकपमा भने इंग्ल्यान्ड सफल भयो ।

Image result for england win penalty shootout

इंग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४ – ३ गोल अन्तरले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो । पेनाल्टी सुटआउटमा इंग्ल्यान्डका किपर जोर्डन पिकफोर्ड र एरिक डायर नायक बनेका थिए ।

 

म्यानचेस्टर सिटीको १०० अंक

गत सिजनको प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ऐतिहासिक सफलता हात पार्यो ।  सिटीले उपाधि मात्र हात पारेन लिगको अंक तालिकामा समेत शतकीय अंक हात पार्यो ।  

Image result for manchester city 100 points

सिटीले गत सिजन ३८ खेलबाट १०० अंक जोडेर उपाधि जितेको थियो ।  सिटी प्रिमियर लिगमा एकै सिजन १०० अंक जोड्ने पहिलो क्लब समेत बन्यो ।  सिटीले उक्त सिजन २ खेल गुमाउदा ४ बराबरी र ३२ खेलमा जित निकालेको थियो ।  

सिटीले अन्तिम खेलमा साउथह्याम्पटनलाई १ – ० गोल अन्तरले हराउँदै उक्त किर्तिमानी अंक जोडेको थियो । सिटीलाई जित दिलाउन ग्याब्रियल जिससले निर्णायक गोल गरेका थिए । यस्तै सिटीले उक्त सिजन बिपक्षिको पोष्टमा १०६ गोल गरेको थियो ।

 

विश्वकपमा जर्मनीको खराब प्रदर्शन

सन् २०१८ को विश्वकपमा जर्मनीको प्रदर्शन खराब रह्यो । जसको कारण जर्मनी समूह चरणबाटै बाहिरिन पुग्यो ।

समूह 'एफ' मा रहेको जर्मनीले समूह चरणमा मात्र ३ अंक जोडेको थियो । समूह चरणमा जर्मनी दक्षिण कोरियासंग समेत २ – ० ले पराजित भएको थियो ।

Image result for germany out of world cup 2018

यस घटनालाई समेत सन् २०१८ को फुटबलमा मुख्य घटनाको रुपमा हेरिएको छ ।

 

च्याम्पियन्स लिगको फाइनल

सन् २०१७/१८ को सिजनको च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिश लिभरपुल प्रतिस्पर्धा गरेका थिए ।

युक्रेनको किभमा भएको फाइनलमा लिभरपुलमाथि ३ – १ को जित निकाल्दै रियलले १३ औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । तर, च्याम्पियन्स लिगको फाइनलमा केहि घटना भए जुन विश्व फुटबलले लमी समय सम्झिरहनेछ ।

Image result for loris karius

उक्त फाइनलको दौरान लिभरपुलका गोलकिपर लोरिस कारिसको प्रदर्शन बिर्सनलायक रह्यो । रियलको लागि ग्यारेथ बेल र करिम बेन्जिमा चम्किए । यस्तै रियलका कप्तान सर्जियो रामोसको खराब ट्याकल चर्चामा रह्यो ।

गत सिजन निकै उच्च लयमा रहेको लिभरपुलका फरवार्ड मोहमद सलाह रुँदै मैदानबाट बाहिरिन पर्यो । रामोसको खराब ट्याकलले सलाह घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उक्त खेलपछि रामोसले धेरै दुश्मनी कमाएका थिए । सलाह मैदानबाट बाहिरिएपछि लिभरपुलको उपाधि जित्ने सपना असफल भएको थियो ।

Image result for mohamed salah injury

यस्तै लिभरपुलका गोलकिपर कारिसले पटक पटक गल्ती गर्दा रियलले गोल गर्दै उपाधि उचालेको थियो । च्याम्पियन्स लिगको खराब प्रदर्शन लगत्तै कारिसलाई लिभरपुलले बेचेको थियो ।

 

च्याम्पियन्स लिगमा रोनाल्डोको गोल

गत सिजन पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो चर्चामा रहे । जतिबेला रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट खेल्ने गर्थे ।

हाल इटालियन क्लब युभेन्ट्स रहेका रोनाल्डोले च्याम्पियन्स लिगको दौरान गरेको बाइसाइकल किक गोलको चर्चा अहिले पनि हुने गर्दछ ।

Image result for ronaldo bicycle goal

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्सविरुद्ध रोनाल्डोले उक्त उत्कृष्ट गोल गरेका थिए ।  जुन खेल रियलले ३ – ० ले जितेको थियो । संयोग रोनाल्डो यस सिजन युभेन्ट्सबाटै खेलिरहेका छन् ।

 

बार्सिलोनाविरुद्ध रोमाको पुनरागमन जित

सन् २०१८ मा घटेका मुख्य घटनामा इटालियन क्लब रोमाको पुनरागमन जित पनि प्रमुख हो । च्याम्पियन्स लिगको दौरान रोमाले बार्सिलोनाविरुद्ध निकालेको जित अहिले पनि सम्झिने गरिन्छ ।

Roma's tweet after Manolas' tie-clinching goal

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रोमा बार्सिलोनासंग ४ – १ ले पछि रहेको थियो । तर, दोस्रो लेगमा रोमाले सनसनी प्रदर्शन गर्दै ३ – ० को जित निकालेको थियो ।  दोस्रो लेगको खेलपछि समग्रमा ४ – ४ गोलको बराबरी भयो । तर, अवे गोलको आधारमा रोमा अघि रहदै सेमिफाइनलमा पुग्यो । बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको थियो ।

च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गर्ने रोमा तेस्रो टोली समेत बनेको थियो ।

 

मोरिन्होको बर्खास्ती र सोल्सायरको नियुक्ति

सन् २०१८ को पुर्व सन्ध्यामा प्रशिक्षक जोसे मौरिन्होको बर्खास्ती पनि चर्चामा रह्यो ।

इंग्लिश प्रिमियर लिगमा निरन्तर खराब प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडले मोरिन्होलाई बर्खास्त गरेको थियो । प्रिमियर लिग अन्तर्गत लिभरपुलविरुद्धको खेलमा ३ – १ ले पराजित भएपछि युनाइटेडले मोरिन्होलाई हटाएको थियो ।

A Norwegian broadcaster holding up the placard

लगत्तै युनाइटेडले पूर्व फरवार्ड तथा नर्वेजीयन प्रशिक्षक ओले गुनर सोल्सायरलाई केयरटेकर प्रशिक्षक नियुक्त गरेको थियो । सोल्सायरको पहिलो प्रशिक्षणमा युनाइटेडले सहज जित समेत निकालेको थियो ।

 

- एजेन्सीको सहयोगमा

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP