एजेन्सी । इंग्लिश प्रिमियर लिग लिडर लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले चेल्सी र आर्सनल पनि प्रिमियर लिगको उपाधि होडमा रहेको बताएका छन् ।
प्रिमियर लिगको आधा सिजन सकिदा चेल्सी चौथो र आर्सनल पाँचौ स्थानमा रहेको छ । चेल्सी र आर्सनल शीर्ष स्थानको लिभरपुल भन्दा ११ अंकले पछि छ ।
तर, प्रशिक्षक क्लोपले शीर्ष पाँचमा रहेका सबै टिमको उपाधि होड कायम रहेको बताएका छन् ।
'यहाँ कसैले पनि सुरक्षित महसुस गरेको छैन,' क्लोपले भनेका छन्, 'यहाँ कोहि पनि उपाधि भन्दा बाहिर जान चाहदैनन् ।'
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले क्रिसमस अघि ४ अंकको अग्रता बनाएको छ । लिगमा दोस्रो स्थानको म्यानचेस्टर सिटी लिभरपुल भन्दा ४ अंक तथा तेस्रो स्थानको टोटेनहम भन्दा ६ अंकले अघि रहेको छ ।

लिभरपुलले लामो समयबाट लिगको उपाधि जित्न सकेको छैन । लिभरपुलले पछिल्लो पटक सन् १९९० को सिजन उपाधि जितेको थियो । तर, यस सिजन लिभरपुलले उपाधि जित्ने अड्कल काटिएको छ ।
प्रशिक्षक क्लोपले भने उपाधि होडमा कुनै पनि टिमलाई ढुक्क हुने अवस्था नरहेको बताए । उनले उपाधि होडमा धेरै क्लबहरु रहेको दाबी गरे ।
'मैले एभर्टन र टोटेनहमको खेल हेरे । टोटेनहमले निकै सुन्दर खेल खेल्यो जुन निकै प्रभावकारी थियो,' प्रशिक्षक क्लोपले थपे, 'त्यहिँ कुरा आर्सनल र चेल्सीमा छ । मेरो लागि टोटेनहम बाहिरिएको छैन । त्यसैले यसमा मानिसहरु किन आश्चर्य छन् ।'