एजेन्सी । पुर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले भारतीय टोलीमा पुनरागमन गरेका छन् ।
भारतले अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरीज र न्युजिल्यान्डविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि घोषणा गरेको टोलीमा धोनी अटाएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सोमबार सार्वजनिक गरेको भारतीय टोलीमा धोनी पर्न सफल भएका हुन् ।

यसअघि धोनी वेष्ट इण्डिज र अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा भारतीय टोलीमा रहेका थिएनन् ।
भारतीय टोली अहिले अष्ट्रेलिया भ्रमणमा रहेका छन् । भारतले अष्ट्रेलियासंग टेष्ट सिरिज खेलिरहेका छन् ।
टेष्ट सिरिज लगत्तै एकदिवसीय सिरिज हुनेछ । त्यसपछि भारतले फेब्रुवरीमा न्युजिल्यान्डको भ्रमण गर्नेछ । न्युजिल्यान्डमा एकदिवसीय र टी-ट्वान्टी सिरिज हुनेछ ।