एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले ३ अंकको अग्रता कायम राखेको छ ।
शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई २ - ० हराएर बार्सिलोनाले शीर्ष स्थानको अग्रता ३ अंकको बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरेपछि बार्सिलोनाले ३ अंक जोडेको हो ।

खेलको दशौं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ४५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ - ० को बनाए ।
पहिलो हाफमा २ - ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप गोल गर्न सकेनन् । यस्तै पाहुना टोली सेल्टाले पनि पुनरागमन गर्न सकेन र खेल बार्सिलोनाले २ - ० ले आफ्नो बनायो ।
जितसंगै बार्सिलोनाले १७ खेलबाट ३७ अंक जोडेको छ । सेल्टा २१ क जोडेर दशौ स्थानमा छ ।

लिगमा दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३४ अंक छ । एट्लेटिकोले शनिबार राति स्पानियोललाई १ - ० ले हराएको थियो ।
एट्लेटिकोका लागि एन्टोनी ग्रीजम्यानले एक गोल गरेका थिए ।