धादिङ र चितवन उपाधिका लागि भिड्ने
बुधबार, १० जेठ २०८०खेलपाटी संवाददाता

हेटौडा । धादिङ र चितवन दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष भलिबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
हुप्राचौर भइरहेको प्रतियोगितामा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरे ।
महिलामा काठमाडौं र दोलखाले उपाधि भिडन्त पक्का गरे । काठमाडौंले चितवनलाई २५–८ र २५–११ तथा दोलखाले धादिङलाई २५–२०, १९–२५ र १५–१३ ले हराए । फाइनल बिहीबार बिहान ९ः०० बजे हुनेछ ।
धादिङ र चितवन उपाधिका लागि भिड्ने












-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)

