सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

सोमबार, २५ फाल्गुण २०८२खेलपाटी संवाददाता
उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली फुटबल खेलाडीहरूले उठाएको मागसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सेयर गरेपछि प्रशिक्षकबाट धम्की आएको भन्दै अमित खत्रीले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन्।

गोरखा जिल्लाका खत्रीले आफूलाई फोनमार्फत धम्की आएको भन्दै नेपाली यु–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठविरुद्ध आइतबार प्रहरीमा निवेदन दिएका हुन्।

‘मैले खेलाडीहरुको मागमा ऐक्यबद्धता राखी न्युज फिडमा आएको भिडियो सेयर गर्दा अन्दाजी ३ बजेको समयमा ९८४१..........८९ नम्बरबाट फोन गरेर एन्फाविरुद्ध बोलेमा राम्रो नहुने र अब काठमाडौं आउनु पर्दैन तलाई टाइपको धम्की दिइयो,’ उनले खेलपाटीसँग भने। उक्त नम्बर पछि यु–२० राष्ट्रिय टोलीका प्रशिक्षक उर्जन श्रेष्ठको भएको खुल्न आएको उनले बताए।

नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा केही खेलाडी तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण, ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्नेलगायतका माग लिएर आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए।

तर, ती खेलाडीलाई राजेन्द्र तामाङ नेतृत्वमा रहेको प्रशिक्षक संघले रोकेको थियो। त्यसमा प्रशिक्षक संघका कोषाध्यक्षसमेत रहेका श्रेष्ठ पनि एन्फाको मध्यस्थकर्ता भन्दै खेलाडीलाई रोक्न अग्रस्थानमा आएका थिए।

उक्त क्रममा खेलाडी र प्रशिक्षकबीच केहीबेर भनाभन भएको थियो। उक्त भनाभनको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको थियो। खत्रीका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेलगत्तै उनलाई फोन गरेर काठमाडौं नआउन चेतावनी दिइएको थियो।

प्रहरीमार्फत बुझ्दा प्रशिक्षक श्रेष्ठले नम्बर आफ्नो भएको स्वीकार गरेको खत्रीले बताए। खेलपाटीले ‘रिचेक’ गर्दा पनि उक्त नम्बर श्रेष्ठकै रहेको खुलेको छ।

‘उक्त समयमा फोन कसले गरेको हो भन्नेबारे मलाई जानकारी भएन। दिउँसोतिर फोन अरूले पनि प्रयोग गरेको हुनसक्ने उताबाट जवाफ आयो। साथै, नम्बर आफ्नो भएकाले त्यसको जिम्मेवारी आफूले लिने र यस्तो घटना भएको भए क्षमायाचना गर्ने भन्नुभयो,’ उनी भन्छन्।

खत्रीले नेपाली फुटबलभित्र देखिएका समस्याहरूका विषयमा आवाज उठाउँदै आएका छन्। उनी केही वर्ष अगाडिसम्म एन्फामै कर्मचारिका रूपमा कार्यरत थिए।

खत्रीले खेलपाटीसँग गरेको संवाद

फोन आयो। फोन आएपछि मलाई अलिकति धम्कीको शैलीमा कुरा गरियो। फोन गर्ने व्यक्तिले ‘अब काठमाडौँ आउनु पर्दैन तिमी ?’ भन्ने खालको कुरा गरे। त्यसपछि त्यो कुरा के हो भनेर मैले एक–दुई जना साथीहरूसँग पनि बुझ्ने प्रयास गरें।

तर, त्यो नम्बर कसको हो भन्ने स्पष्ट भएन। काठमाडौं नै आउन नपाउने भन्ने कुरा गम्भीर भएकाले आज म जिल्ला प्रहरी कार्यालय गोरखामा गएर त्यसबारे बुझ्न निवेदन दिएको थिएँ। त्यहाँबाट बुझ्दा पछि फोन उठाएर एक व्यक्तिले आफू यु–२० राष्ट्रिय टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भएको बताए।

उनले नम्बर आफ्नो भएको स्वीकार गरे। तर, हिजो फोन कसले गरेको हो भन्नेबारे आफूलाई थाहा नभएको बताए। दिउँसोतिर फोन अरूले पनि प्रयोग गरेको हुनसक्ने उनले बताए। पछि कुरा हुँदा नम्बर आफ्नो भएकाले त्यसको जिम्मेवारी आफूले लिने उनले बताएका छन्। त्यस्तो घटना भएको भए आफू जिम्मेवार हुने र क्षमायाचना गर्ने पनि उनले बताएका छन्।

प्रहरी कार्यालयबाट पनि यदि यसपछि फेरि यस्तै घटना भयो भने कानुनी प्रक्रियामा अगाडि बढ्ने र आवश्यक परे ललितपुर प्रहरीलाई पत्राचार गर्ने जानकारी दिइएको छ। अहिलेका लागि भने कुरा त्यहींसम्म पुगेको जानकारी प्रहरीले दिएको छ।

अहिले स्थिति के छ भने नम्बर उर्जन श्रेष्ठकै भएको पुष्टि भएको छ। तर फोन कसले गर्‍यो भन्ने स्पष्ट छैन। जसको नम्बर हो, त्यसको जिम्मेवारी अन्ततः उसैले लिनुपर्छ भन्ने मेरो कुरा हो। म स्वयं फुटबलसँग आबद्ध व्यक्ति हुँ। एन्फाभित्र पनि केही समय काम गर्ने अवसर पाएको थिएँ। त्यहाँ काम गर्दा भित्रका धेरै कुरा देखें। त्यसैले गलत कुराहरूविरुद्ध बोल्नुपर्छ भन्ने लाग्छ।

भोलि फुटबल नै राम्रो भएन भने फुटबलमा लागेका हामीजस्ता मानिसहरूको त्यहाँ बस्ने ठाउँ नै रहँदैन। यही क्रममा पहिले पनि विभिन्न प्रकारका दबाब र धम्कीजस्ता कुरा आउने गरेका थिए। हिजो मात्रै खेलाडी संघप्रति आफ्नो ऐक्यबद्धता रहेको कुरा सामाजिक सञ्जालमा सेयर गरेपछि यस्तो घटना भएको हो, जुन गम्भीर र आपत्तिजनक विषय हो।

फुटबललाई सबै मिलेर अगाडि लैजानुपर्छ। फुटबल राम्रो भयो भने हामी सबैको भलो हुन्छ। तर, यहाँ फरक विचार राख्ने वा फुटबल राम्रो हुनुपर्छ भनेर आवाज उठाउने मानिसहरूलाई रोक्ने प्रयास भइरहेको देखिन्छ।

कहिलेकाहीं यस्तो व्यवहार एन्फाको संस्थापन पक्षबाटै देखिन्छ। जिम्मेवार व्यक्तिहरू नै यसरी प्रस्तुत हुनु चिन्ताजनक कुरा हो। कहिले आफ्नै नम्बर अरूलाई प्रयोग गर्न दिएर धम्कीपूर्ण भाषा प्रयोग गराउनेजस्ता घटनाहरू पनि भइरहेका छन्। यसले अन्ततः फुटबललाई गम्भीर दुर्घटनातर्फ लैजाने संकेत देखिन्छ भन्ने मेरो चिन्ता हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य