सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्लानिङसँग एपीएफले गुमायो २ अंक

सोमबार, २५ फाल्गुण २०८२खेलपाटी संवाददाता
प्लानिङसँग एपीएफले गुमायो २ अंक
Loading ad...
mustang rice ad

काठमाडौं। एपीएफ फुटबल क्लबलाई राष्ट्रिय लिगमा प्लानिङ बोइज युनाइटेडले रोकेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा एपीएफ र प्लानिङले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। एपीएफको यो तेस्रो बराबरी हो। लिगमा ९ खेल खेलेको एपिएफको २१ अंक जोडेको छ।

प्लानिङको भने चौथो यो बराबरी हो। प्लानिङको भने १० खेलबाट १९ अंक छ। २२औं मिनेटमा कप्तान युवराज खड्काको गोलमा एपीएफले सुरूआती अग्रता लिएको थियो।

३५औं मिनेटमा एपीएफका प्रदीप लामाले दिएको पासलाई अनिश घर्ती क्षेत्रीले गरेको प्रहार पोस्टपट्टिको पोल छोएर बाहिरियो। पहिलो हाफको इन्जुरी समयमा एपीएफको मणिकुमार लामाले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहरले लक्ष्य लिन सकेन।

४७औं मिनेटमा प्लानिङका एलेक्स विल्लानेले प्रहार गर्दा रिबाउन्डमा आएको बललाई पापा ईबू केबेले गोलमा परिणत गर्न सकेन। ६०औं मिनेटमा केबेले प्रहार गरेको फ्रिकिक रिबाउन्ड भएपछि एपीएफले गरेको काउन्टर अट्याक सफल हुन सकेन। त्यसैको फाइदा उठाउँदै एलेक्स विल्लानेले उत्कृष्ट गोल गर्दै प्लानिङलाई खेलमा फर्काए।

८८औं मिनेटमा प्रतापसिंह राईको क्रसमा केबेले बाई साइकल किक प्रहार गर्दा सिधै एपीएफका गोलकिपर एञ्जल श्रेष्ठको हातमा लागेर गोल पुग्यो। इन्जुरी समयमा सुमन श्रेष्ठले रेड कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सीमित भयो। श्रेष्ठले मुख्य रेफ्रीलाई हात लगाएपछि उनले रेड कार्ड पाएका हुन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य