नवौं राष्ट्रिय : महिला भलिबलमा एपीएफले आर्मीलाई हरायो
आइतबार, असोज ३०, २०७९खेलपाटी संवाददाता

असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफले जित निकालेको छ ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार एपीएफले त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
एपीएफले आर्मीलाई २५–२०, १९-२५, २५–२१ र २५–२३ को सेटमा हराएको हो।
जितसँगै तीन टिम रहेको समूह ‘ए’बाट एपीएफ र आर्मी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा समूह ‘ए’को विजेता एपीएफ र समूह ‘सी’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन ।
यसैगरी समूह ‘सी” को विजेता नेपाल पुलिस क्लब समूह ‘ए’को उपविजेता आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
नवौं राष्ट्रिय : महिला भलिबलमा एपीएफले आर्मीलाई हरायो













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)