एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । आइतबार भएको खेलमा आर्सनलले बर्नेमाउथलाई २ - १ गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन पेरिक एम्रिक आबुमियाङले एक गोल गरे । आर्सनलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

बर्नेमाउथका जेफर्सन लेर्मा आत्मघाती गोल गरे । बर्नेमाउथका जोसुवा किङले एक गोल फर्काए ।
खेलमा आर्सनलले ३० औं मिनेटमा लेर्माको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ४५ औं मिनेटमा किङले गोल गर्दै बर्नेमाउथलाई १ - १ गोलको बराबरीमा ल्याए । तर, खेलको ६७ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई ३ अंक दिलाए ।

यो जितसंगै आर्सनल लिगको पाँचौ स्थानमा उक्लिएको छ । आर्सनलले १३ खेलबाट २७ अंक जोडेको छ । बर्नेमाउथ २० अंक जोडेर आठौं स्थानमा छ ।