एजेन्सी । इंग्लिश प्रिमियर ग फुटबलमा म्यानचेस्टर युनाइटेडले आफ्नो खराब लयलाई कायम राखेको छ । शनिबार भएको खेलमा युनाइटेड क्रिष्टल प्यालेससंग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा युनाइटेडले अंक बाडेको हो । खेलमा दुवै टोलीले गोल गरेपनि रेफ्रीले अफसाइड दिएको थियो । खेलमा युनाइटेडका रोमेरो लुकाकुको गोल अफसाइड भएको थियो भने क्रिष्टलका कोयुटेले गोल अफसाइड बनेको थियो ।

पछिल्लो समय खराब लयमा रहेको युनाइटेडको यो बराबरीसंगै प्रशिक्षक जोसे मौरिन्होलाई भने दबाब बढेको छ । युनाइटेडको यो तेस्रो बराबरी हो ।

बराबरीसंगै युनाइटेडले शीर्ष क्लबसंगको अंक दुरी घटाउने मौका गुमाएको छ । युनाइटेड १३ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा छ । ९ अंक जोडेर क्रिष्टल १५ औं स्थानमा छ ।
लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले कार्डिफ सिटीलाई १ - ० ले हराएको छ । लेष्टर सिटी भने ब्राइटनसंग १ - १ गोलको बराबरीमा रोकिएको छ ।