काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत दोस्रो खेलमा अहिले कराँचीयन्स (सिन्धिस) संग प्रतिस्पर्धा गरिरहेको छ ।
सारजाहमा सुरु दोस्रो खेलमा पनि सन्दीप सुरुवाती ११ मा अटाएका छन् । लेग स्पिनर सन्दीपले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अहिले केरलाविरुद्ध कराँचीयन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ । र, सन्दीपको टिम केरलाले अहिले ब्याटिङ गरिरहेको छ । तर, केरलाले खराब सुरुवात गरेको छ । पहिलो ओभरमै केरलाले ४ विकेट गुमाइसकेको छ ।
लाइभ -
पहिलो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीप प्लेयर अफ दि म्याच समेत बनेका थिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् । बुधबार राति नेपाली युवा लेग स्पिनर सन्दीप चम्किएपछि केरलाले पख्तुनलाई ८ विकेटले हराएको थियो ।
यता, कराँचीयन्स पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कराँचीयन्स राजपुट्ससंग १० विकेटले पराजित भएको थियो ।