काठमाडौं । पाकिस्तानको लाहोरमा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी)को वार्षिक साधारणसभामा नेपालबाट निलम्बित क्यानका महासचिव अशोकनाथ प्याकुरेल सहभागी भएका छन् ।
निलम्बित क्यानले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै एसीसीको साधारण सभामा प्याकुरेल सहभागी भएको जानकारी गराएको हो । साधारणसभा मंसिर १ गते सम्पन्न भएको थियो । निलम्बित क्यानले एसीसीको निमन्त्रणामा प्याकुरेल सहभागी भएको जनाएको छ ।
साधारणसभामा प्याकुरेलले नेपाली क्रिकेटको पछिल्लो अवस्थाबारे जानकारी गराएको प्रेस विज्ञप्तिमा जनाईएको छ । प्याकुरेलले नेपाल आईसिसीसंग सहकार्य गर्दै आईसिसीको विधान अनुसार अघि बढिरहेको र नेपालमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास लिएका थिए ।
यस्तै साधारणसभाले दुई बर्षका लागि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष श्री नजमुल हसनलाई अध्यक्षमा र इमरान ख्वाजालाई उपाध्यक्षमा मनोनित गरेको थियो ।
साधारणसभामा आईसिसीका सिईओ डेभिड रिचर्डसन समेत उपस्थित रहेका थिए ।