काठमाडौं । पहिलो संस्करणको रोनाल्ड म्याकुली नेत्रहीन टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा बर्दिया र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको पहिलो खेलमा बर्दियाले झापालाई ५ विकेटले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको झापाले १९ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । झापाका लागि अभिषेक बिकले २८ रन जोड्दा दिपेश गुरागाईले १६ रन जोडे । बर्दियाका लिल चौधरीले ५ विकेट लिए ।
झापाले दिएको १०२ रनको लक्ष्य बर्दियाले १२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । बर्दियाका लागि अर्बिन क्षेत्रिले ३८ रन जोड्दा लिल चौधरीले २० रन जोडे । झापाका प्रतिक दर्जी र रमेश शाहले २/२ विकेट लिए ।
नेत्रहीन क्रिकेट संघ नेपालले आयोजना गरेको प्रतियोगिताको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले म्याग्दीलाई ४५ रनले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो । आर्मीका लागि भरत थापाले ७० तथा बद्रि चौलागाईले ५४ रन बनाए । म्याग्दीका सुनिल रानाले २ विकेट लिए ।
आर्मीले दिएको १८१ रनको लक्ष्यसहित ब्याटिङ गरेको म्याग्दीले १८ ओभर ४ बलमा अलआउट हुँदै १३५ रन मात्र बनाउन सक्यो । म्याग्दीका सुनील रानाले ५७ रन जोड्दा शेर जंग गुरुङले १६ रन जोडे । आर्मीका भरत थापाले ३ विकेट लिए ।