बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन

लुम्बिनी प्रदेश भलिबल संघको नयाँ कार्यसमिति । फोटो : खेलपाटी
काठमाडौं । देबेन्द्र सिंह बैरागीको नेतृत्वमा लुम्बिनी प्रदेश भलिबल संघ गठन गरिएको छ ।
बुटवलमा भएको प्रथम अधिवेशनबाट बैरागीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ, रमेश कर्मचार्य, कृष्णा पाठक रहेका छन् ।
महासचिवमा प्रकाश कुमार शर्मा, सचिवमा नवल गुरुङ, कोषाध्यक्षमा विर बहादुर कुवर, सदस्यमा मौसम कुवँर, बल बहादुर केसी, खुम बहादुर राना, चन्द्र बहादुर बिसी, दिपक परियार र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन ।

निर्वाचित पदाधिकारीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भंटराई, नेपाल भलिबल संघ उपाध्यक्ष एवम् लुम्बिनी प्रदेशको निर्वाचन समितिको संयोजक निरोज मास्के, सचिव भीम ओली, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य अर्जुन घिमिरे लगायतले सफल कार्यकालको शुभकामना दिएका थिएका थिए ।










-1769057641365.jpeg&w=3840&q=75)


-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)
