• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गर्न सफल भयौँ : कप्तान निरु
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २८, २०७५ खेलपाटी संवाददाता
सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गर्न सफल भयौँ : कप्तान निरु

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान निरु थापाले टिमको उत्कृष्ट प्रदर्शनले ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुग्न सफल भएको बताएकी छिन् ।

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमारमा सम्पन्न एसिया छनोटको समूह 'सी' बाट नेपालले मंगलबार दोस्रो चरणमा स्थान बनाएको थियो ।

नेपाल छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा पुगेको थियो । यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् ।

'हामीले जति सोचेको थियौं । त्यो भन्दा धेरै राम्रो प्रर्दशन गर्न सफल रह्यौ । त्यसैले दोस्रो चरणको यात्रा सफल भयो ।' खेलपाटीसंग कुरा गर्दै कप्तान निरुले भनिन् ।

म्यानमार र भारत जस्ता ठुला टिम रहेको छनोटमा नेपालले खेलेका तीनै खेल बराबरी खेलेको थियो । र, छनोटमा पहिलो पटक सहभागीता जनाएको नेपालले पहिलो सहभागीतामै ठुलो उपलब्धी हात पार्न सफल भएको हो ।

Image may contain: one or more people, stadium, grass and outdoor

पहिलो खेलमा नेपालले चिरपरिचित भारतसंग १–१ को बराबरी खेलेको थियो । नेपालले दोस्रो खेलमा समूहकै बलियो टोली म्यानमारसंग पनि उत्कृष्ट खेल पस्कदै १–१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसंग पनि १–१ गोलको बराबरी खेलेका थिए ।

कप्तान निरुले नेपालको दोस्रो चरणको यात्रामा प्रशिक्षक हरि खड्काको रणनीति पनि सफल भएको बताईन् ।

'हामीले कोचले भने अनुसारनै खेल्यौँ । त्यसैले प्रतियोगितामा हामी सफल भयौँ,' कप्तान निरुले भनिन्, 'हाम्रो रणनीति सफल भयो ।'

कप्तान निरुका लागि पनि यो ठुलो सफलता हो । नेपाली टोलीको कप्तानी सम्हालेको पहिलो प्रतियोगितामै उनले राष्ट्रलाई ठुला सफलता दिलाइन । पहिलो कप्तानीमै उच्च प्रदर्शन गरेकोमा निरुलाई पनि गर्व छ ।

'पहिलो पटक टोली समाल्ने अवसर प्राप्त गरे । सफल पनि भए । निकै खुसी छु,' कप्तान निरुले भनिन् ।

छनोटमा कप्तान निरुले दुई गोल समेत गरेकी थिइन् । निरुले भारत र बंगलादेशविरुद्ध समान एक/ एक गोल गरेकी थिइन् ।

अब नेपालले आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा सहभागिता जनाउनेछन् । १० टिम रहने दोस्रो चरणको छनोटबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP