• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियल मड्रिडमा मोड्रिचको स्थान लिन सक्ने पाँच खेलाडी कस्ता ?
खेलपाटी संवाददाता
सोमबार, कात्तिक २६, २०७५ खेलपाटी संवाददाता
रियल मड्रिडमा मोड्रिचको स्थान लिन सक्ने पाँच खेलाडी कस्ता ?

एजेन्सी । क्रोएसियाका कप्तान लुका मोड्रिच विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डर मानिन्छन् । स्पेनिस क्लब रियल मड्रिडका प्लेमेकर मोड्रिचले आफुलाई प्रमाणित समेत गर्दै आएका छन् ।

मोड्रिचले रियलका लागि २७२ खेल खेलेका छन् । र, पछिल्लो सिजन रियल मड्रिडको सफलतामा उनको ठुलो योगदान छ । 

रियलले चार च्याम्पियन्स लिग, एक ला–लिगा, एक कोपा डेल रे र तीन  फिफा क्लब विश्वकप जित्दा मोड्रिचले मुख्य भुमिका निर्वाह गरेका थिए ।

मोड्रिच यसै बर्ष फिफा बर्ष खेलाडी बनेका थिए । यस्तै रुसमा सम्पन्न फिफा विश्वकपमा मोड्रिच सर्वोकृष्ट खेलाडी चुनिएका थिए । मोड्रिच यस बर्षको बालोन डी’ओर अवार्डका लागि मुख्य दाबेदार हुन् ।

तर, पछिल्लो समय मोड्रिचको उमेर ढल्कदै गएको छ । मोड्रिच ३३ बर्ष पुगिसकेका छन् । यस्तोमा रियलले पछिल्लो समय मोड्रिचलाई सघाउने र मोड्रिचको स्थान लिन सक्ने खेलाडीको खोजीमा रहेको छ । जुन खेलाडीले मुख्यत सेन्टर मिडफिल्डर तथा अट्याकिङ र डिफेन्सिभ मिडफिल्डरको भूमिका निर्वाह गर्न सकुन ।

यदि मोड्रिचले क्लब छाडेमा वा पहिलो रोजाइमा पर्न छाडेमा उनको स्थानमा रियल आउन सक्ने धेरै खेलाडीहरु छन् । तर, सम्भावित पाँच खेलाडीको हामी चर्चा गर्नेछौं ।

मोड्रिचको स्थान लिन सक्ने सम्भावित खेलाडीहरुको सुची हेर्नुहोस् ।

५. पाउल पोग्बा

Paul Pogba is reported to be unhappy at Manchester United.

रियल मड्रिडले मोड्रिचको स्थान लिन सक्ने खेलाडीको रुपमा फ्रान्सेली मिडफिल्डर पोग्बालाई नजर लगाएको छ । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका पोग्बा रियलको रोजाईमा पर्न सक्नेछन् ।

म्यानचेस्टर युनाइटेडबाटै क्लब फुटबलको सुरुवात गरेका पोग्बा एक बर्षपछि इटालियन क्लब युभेन्ट्स गएका थिए । युभेन्ट्स बसाईमा पोग्बाले आफुलाई उत्कृष्ट प्लेमेकर बनाउन सफल भए । त्यसपछि पोग्बा सन् २०१६ बाट पुन: युनाइटेड फर्किएका छन् ।

फ्रान्सलाई सन् २०१८ को रुस विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका पोग्बा क्लबमा अहिले खुसी नरहेको बताईएको छ । यस्तोमा पोग्बाको गन्तब्य रियल हुन सक्ने बताइएको छ ।

४. सेर्गेज मिलिनकोभिच साभिक

Sergej Milinkovic-Savic has been linked with a move to Real Madrid in summer.

सर्बियाका मिडफिल्डर सेर्गेज अहिले उत्कृष्ट मिडफिल्डरको रुपमा स्थापित हुँदै आएका छन् । इटालियन क्लब लाजियोबाट सेर्गेजले आफुलाई प्रमाणित गरिसकेका छन् ।

सन् २०१५ मा जेन्कबाट लाजियो आएका २३ बर्षिय सेर्गेजले १०५ खेल खेल्दै १८ गोल गरिसकेका छन् । प्लेमेकर भूमिका सहित गोल गर्न माहिर सेर्गेज फिफा यू-२० विश्वकपमा चम्किएका खेलाडी हुन् ।

लाजियोले सन् २०१७ को सुपर कोपा इटालिया जित्दा सेर्गेजले महत्वपुर्ण भुमिका खेलेका थिए । शारिरिक रुपले बलिया मिडफिल्डर सेर्गेज अट्याकिङ मिडफिल्डसहित डिफेन्स खेल्न सक्छन ।

सेर्गेजले गत सिजन ३५ लिग खेलमा १२ गोल गरेका थिए । उनि गत सिजन नै रियल जाने हल्ला चलेको थियो । त्यसैले रियलले मोड्रिचको विकल्पमा उनलाई नजर लगाएको छ ।

३. क्रिस्टियन एरिक्सन

Cristian Eriksen is among the best in Premier League.

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन पनि रियलको रोजाईमा पर्ने मिडफिल्डरका रुपमा हेरिएको छ । किनकि इंग्लिश प्रिमियर लिगका उकृष्ट मिडफिल्डर मध्ये एक हुन् एरिक्सन ।

टोटेनहमका प्लेमेकर एरिक्सन डच क्लब आयाक्सबाट उत्पादित खेलाडी हुन् । सन् २०१० बाट क्लब फुटबल खेलिरहेका एरिक्सन सन् २०१३ मा टोटेनहम आएका हुन् । त्यसयता उनि लगातार उनि टोटेनहमबाट खेलिरहेका छन् ।

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोको स्टाइलमा भिजेका एरिक्सन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने डेनिस खेलाडी हुन् । उनले प्रिमियर लिगमा ४१ गोल गरेका छन् ।

लगातार तीन पटक डेनिस प्लेअर अफ दि ईयर अर्वाड जित्ने पहिलो खेलाडी एरिक्सन रियल आउन सक्ने खेलाडीमा हेरिएको छ । उनले यस सिजन क्लब छाड्न सक्ने सम्भावना रहेको छ ।

२. मार्को भेराट्टी

Marco Verrati impressed with his performances for PSG.

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का मिडफिल्डर भेराट्टी पनि रियलको रोजाईमा पर्न सक्ने खेलाडी हुन् । पछिल्लो समय उकृष्ट खेलिरहेका भेराट्टीले पेरिसमा जादुमय प्रदर्शन गर्दै समर्थकलाई प्रभावित परिसकेका छन् ।

इटालीका २६ बर्षिय मिडफिल्डर भेराट्टी प्राविधिक रुपमा उकृष्ट मिडफिल्डरका रुपमा चिनिन्छन् । निकै छिटो खेल्न सक्ने उन्म खुबी रहेको छ । पिएसजीबाट १६४ लिग खेल खेल्दै ९ गोल गरिसकेका भेराट्टीले पाँच पटक फ्रेन्च लिग वानको उपाधि जितिसकेका छन् ।

त्यसैले उनलाई रियलले आखाँ लगाएको छ । भेराट्टी क्लब आउन चाहेमा रियलले सहजै स्वीकार गर्ने बताईएको छ ।

१. केभिन डी ब्रुएन

Best player in the Premier League?

बेल्जियम मिडफिल्डर ब्रुएन विश्वकै उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन् । इंग्लिश क्लब म्यानचेस्टर सिटीका प्लेमेकर ब्रुएनले बल पकड र पास उपलब्ध गराउन निकै माहिर खेलाडी हुन् । त्यसैले रियलले ब्रुएनलाई अनुबन्ध गर्ने  सम्भावना बलियो रहेको देखिन्छ ।

सिटीका मुख्य खेलाडी रहदै आएका ब्रुएनले रुस विश्वकपमा पनि बेल्जियमका लागि उत्कृष्ट खेलेका थिए । ब्रुएन रुस विश्वकपको ड्रिम टिममा परेका थिए ।

गत सिजन सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । गत सिजन उनले ८ गोल गर्दै १६ गोलका लागि पास उपलब्ध गराएका थिए ।

त्यसैले मोड्रिच टिममा नहुँदा रियलले ब्रुएनलाई राख्न चाहन्छ । जसले गर्दा रियलले उत्कृष्ट नतिजा निकाल्न सफल हुनेछ ।

 

एजेन्सीको सहयोगमा

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP