एजेन्सी । भारतले वेष्ट इन्डिजविरुद्वको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा तीन खेलाडीलाई आराम दिएको छ । तीन म्याचको सिरिज २–० ले जितिसकेको भारतले फास्ट बलर जसप्रीत बुमराह, उमेश यादव र कुलदीप यादवलाई अन्तिम खेलमा आराम दिने निर्णय गरेको हो ।
भारतले आगामी आईतबार वेस्ट इन्डिजसंग सिरिजको अन्तिम खेल खेल्दैछ । खेलका लागि भारतले शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
अष्टे«लिया भ्रमणलाई हेरेर तीन खेलाडीलाई आराम दिईएको भारतीय क्रिकेट बोर्डले जनाएको छ । घोषित नयाँ टिममा सिद्धार्थ कौलले स्थान पाएका छन् । भारतले अष्टे«लियासंग तीन सिरिजको टी ट्वान्टी म्याच खेल्दैछ ।