एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
पर्थमा अष्ट्रेलियाले दिएको १५३ रनको लक्ष्य दक्षिण अफ्रीकाले २९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दक्षिण अफ्रीकाका लागि क्विनटन डी ककले ४७ रन जोड्दा रिजा हेन्रिकले ४४ रन बनाए । एडिन मार्क्रमले ३६ रन जोडे । अष्ट्रेलियाका मार्कुस स्टोनिशले ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३८ ओभर १ बलमा अलआउट हुँदै १५२ रन जोडेको थियो । अष्ट्रेलियाका लागि नाथन निलले ३४ तथा एलेक्स केरीले ३३ रन जोडे ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका एडिले लक्कीले ३ विकेट लिए । यस्तै इमरान ताहिर, लुंगी नेग्दी र डेल स्टेनले २/२ विकेट लिए ।
जितसंगै दक्षिण अफ्रीकाले पाँच खेलको सिरिजमा १ - ० ले अग्रता बनाएको छ ।