काठमाडौं । पाकिस्तानमा आयोजना हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली महिला नेत्रहीन क्रिकेट टोलीको घोषणा गरिएको छ ।
आगामी जनवरी अन्तिम साताबाट आयोजना हुने प्रतियोगिताका लागि नेपालले १५ सदसीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाल नेत्रहीन क्रिकेट संघले कार्तिक १३ देखि १५ सम्म दुई दिने छनोट प्रतियोगिता गर्दै नेपाली टोलीको छनोट गरेको हो ।
क्रिकेट प्रशिक्षक अरुण अर्यालको सयोजकत्वमा सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले नेपाली टोली छनोट गरेको संघले जनाएको छ ।
प्रतियोगिता आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा आयोजना हुनेछ । जुन प्रतियोगिता पाकिस्तान नेत्रहीन क्रिकेट संघले गर्नेछ ।
नेपाली टोली :
क्र.स
|
नाम
|
१
|
आशा रेगामी
|
२
|
रिता थापा
|
३
|
हिता गुरुङ
|
४
|
मुना अर्याल
|
५
|
सुष्मा तामांग
|
६
|
सरिता घिमिरे
|
७
|
आयुष्मा क्षेत्रि
|
८
|
भगवती अमगाई
|
९
|
मनकेशी चौधरी
|
१०
|
बिमला राई
|
११
|
मिना क्षेत्रि
|
१२
|
आशिका चौधरी
|
१३
|
बिनिता पुन
|
१४
|
भगवती भट्टराई
|
१५
|
गीता पौडेल
|