पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा अहिले हुलास काठमाडौं रोयल्स र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा भईरहेको छ।
पोखरा रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेको छ । र, पहिले बलिङ रोजेको छ । ज्ञानेन्द्र मल्लको काठमाडौंले केहि बेरमा ब्याटिङ गर्नेछ ।
आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । पीपीएलमा समूह चरणको अन्तिम खेलअघि काठमाडौं शीर्ष स्थानमा छ । काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ । र, आज पोखरालाई हराउन सके काठमाडौंले सिधै फाइनल यात्रा तय गर्नेछ ।
तेस्रो स्थानको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ । पोखरा आज काठमाडौंलाई हराएर प्ले अफ पुग्न चाहन्छ ।
पीपीएल अन्तर्गत आज हुने दुई खेलसंगै फाइनल, प्ले अफ र प्रतियोगिताबाट बाहिरिने टोलीको टुंगो लाग्नेछ । अहिलेको स्थितिमा ६ टिमकै फाइनल र प्ले अफ पुग्ने उत्तिकै सम्भावना रहेको छ । प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर (प्ले अफ) खेल्नेछ ।