पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच खेल भईरहेको छ ।
पोखरा रंगशालामा बुटवलविरुद्ध टस जितेर धनगढीले ब्याटिङ रोजेको छ । बुटवलले अहिले बलिङ गरिरहेको छ ।
यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । ३ खेलबाट २ अंक जोडेको धनगढीलाई प्ले अफ यात्रा कायम राख्न बुटवलविरुद्ध जित्नै पर्ने हुन्छ ।
यता, अघिल्ला दुई खेल जितेर तेस्रो खेलमा पराजय व्यहोरेको बुटवल चौथो खेल जितेर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । बुटवल ३ खेलबाट ४ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।