पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले चितवन राइनोजले हुलास काठमाडौं रोयल्ससंग प्रतिस्पर्धा गरिरहेको छ ।
पोखरा रंगशालामा ज्ञानेन्द्र मल्लको काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको छ । र, पारस खड्काको चितवनले सुरुवातमा ब्याटिङ थालेको छ ।
काठमाडौंविरुद्धको खेल चितवनलाई महत्वपूर्ण हुनेछ । ३ खेल खेलिसकेको चितवनलाई प्ले अफमा स्थान बनाउन काठमाडौंलाई हराउनै पर्नेछ । किनकी चितवनले ३ खेलमा मात्र १ जित निकालेर २ अंक जोडेको छ । चितवन लिगको चौथो स्थानमा छ ।
यता, काठमाडौं लगातार तेस्रो जितको खोजीमा हुनेछ । काठमाडौंअघिल्ला २ खेलमा जित हात पार्दै ४ अंक जोडेर तेस्रो स्थान रहेको छ । चितवनलाई हराउन सके काठमाडौंको प्ले अफ यात्रा सहज बन्नेछ ।
पीपीएल अन्तर्गत बिहिबार हुने दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुजले सोमपाल कामीको बुटवल ब्लास्टर्ससंग खेल्नेछ ।