बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. ‘पाल्पालाई बिच भलिबलको हब बनाउन सकिन्छ’

‘पाल्पालाई बिच भलिबलको हब बनाउन सकिन्छ’

२०२२ मार्च १८, शुक्रबारखेलपाटी संवाददाता

‘पाल्पालाई बिच भलिबलको हब बनाउन सकिन्छ’

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताएका छन् । 

पाल्पाको रानीमहलमा चैतमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजक कमिटिसँग छलफल गर्दै सचिव रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने सम्भावना रहेको बताएका हुन् । 

सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा चैतको अन्तिम साता पाल्पाको तानसेनस्थित रानीमहलमा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगितालाई सफलता पूर्वक सञ्चालन गर्ने सन्दर्भमा सचिव रेग्मीले आयोजक समितिसँग छलफल गरेका हुन् । 

‘बिच भलिबलको इतिहास लामो छ । यो नेपालको सम्भावना भएको खेल पनि हो ।’ रेग्मीले भने, ‘समुद्री तटको किनारामा रहेको बालुवामा खेल्ने भएपनि प्राकृतिक रुपमा नेपालको धेरै जसो नदी नालाको किनारामा यसलाई खेल्न सकिन्छ । त्यसैले यस खेलको सम्भावना धेरै देख्छु ।’ 

उनले पाल्पाको रानीमहलमा हुने बिच भलिबल प्रतियोगिताले राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय बनाउने अभियानमा मदत गर्ने बताए । 

‘कालीगण्डकी करिडोर बिच खेलको सम्भाव्य गन्तव्य हो । यसलाई निरन्तर रुपमा आयोजना गर्न सकियो भने बिच भलिबलको हब बन्ने सम्भावना देख्छु, त्यसका लागि आवश्यक पहल हुन आवश्यक छ ।’ उनले भने ।

मन्त्रालयले समेत यसलाई गम्भिरताकाे साथ हेरेको उल्लेख गर्दै सचिव रेग्मीले प्रतियोगितालाई सफल बनाउन मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाएका थिए । 

छलफलमा सहभागी पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराईले बिच र पानीमा खेलिने खेलको नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए । 

पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले रानीमहलमा हुने बिच भलिबलको आयोजनाबाट त्यस क्षेत्रमा खेल पर्यटनले फड्को मार्ने विश्वास ब्यक्त गरे ।  

प्रतियोगिताका सद्भावना दुत नायक धिरेन शाक्यले खेलकुदको माध्यमबाट दिने सन्देश प्रभावकारी रहने उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले पनि यसमा अग्रसरता लिनुपर्ने धारणा राखेका थिए ।

राखेप कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजनाबाट सिंगो भलिबल क्षेत्र उत्साहित रहेको उल्लेख गर्दै परिषद्को तर्फबाट सक्दो सहयोग रहने बताए ।

आयोजक संस्थाकी अध्यक्ष एवंम नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले छलफलको क्रममा प्रतियोगिताको औचित्यमाथि प्रकाश पारेकी थिईन् । उनले प्रतियोगिताको आयोजनाबाट खेलकुदमात्र नभएर त्यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोगमा पुग्ने विश्वास व्यक्त गरिन् । 
 

#बिच भलिबल
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा