• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
सृजना कप भलिबल प्रतियोगिताको तयारी तिव्र
नारायण क्षेत्री
मंगलबार, चैत १, २०७८ नारायण क्षेत्री
सृजना कप भलिबल प्रतियोगिताको तयारी तिव्र

पोखरा । पोखरामा चैत ४ देखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । 

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी तिव्र पारिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि हुँदै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । 

प्रतियोगिताको तयारी स्वरुप अहिले टिम दर्ताको काम अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । 

उनका अनुसार टीम दर्ताका लागि पहिल्यै विद्यालयमा पुगेर जानकारी गरिएअनुसार अहिले उनीहरुले टीम दर्ता गरिरहेका छन् । 

भोलि बुधबारसम्म टीम दर्ता गर्न सकिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

टीम दर्ताको काम सकिएलगत्तै बुधबार नै टाईसिट निकालिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । 

‘भोलि (बुधबार) सम्म टीम दर्ता हुन्छ, टीम दर्ता सकिएलगत्तै भोलि नै हामी टाइसीट निकाल्छौं,’ उनले भने ।

प्रतियोगिताको तयारी अन्तर्गत प्रतियोगिता हुने पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा मञ्च निर्माणको काम भइरहेको छ । 

त्यस्तै, भलिबल खेल मैदान तयार बनाउनेदेखि म्याट ओछ्याउनेलगायतका काम भइरहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । 

त्यसबाहेक अतिथिहरुलाई निम्तो गर्ने, प्रचारप्रसार लगायतका कामलाई पनि तिव्र पारिएको उनले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउनेछन् । 

कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । 

प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगितामा उपाधि विजेता छात्र/छात्रा दुबै तर्फकालाई एक/एक लाख, उपविजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १/१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति, १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक/एक जना छात्र तथा छात्रालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र आयोजकको तर्फबाट एक/एक जनालाई वर्षको छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने छात्र/छात्रा गरेर १० जनालाई ३ महिनाका लागि डाइट (पौष्टिक आहार) दिइने भएको छ । 

मन्त्रालयको ट्यालेण्ट हण्ट अन्तर्गत छात्रतर्फ ५ जना र छात्रातर्फ ५ जना गरि १० जनालाई ३ महिनाका लागि खेलाडीलाई चाहिने डाइट सामग्री प्रदान गर्ने युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (मनाङे)ले घोषणा गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP