पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सोमबार हुने पहिलो खेलमा विराटनगर टाईटन्स र हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा सन्दीप लामिछानेको विराटनगर र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । यस खेल विराटनगर र काठमाडौंका लागि निकै महत्वपूर्ण खेल रहेको छ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
प्रतियोगितामा सन्दीपको टिम विराटनगरले अघिल्ला दुई खेल गुमाईसकेको छ । विराटनगर आज विराटनगर काठमाडौंलाई हराएर पहिलो जितको खोजीमा हुनेछ ।
विराटनगर पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजसंग पराजित भएको थियो । विराटनगरले २ खेल खेल्दा अंक जोड्न सकेको छैन । विराटनगर पुछारबाट दोस्रो स्थानमा छ । त्यसैले काठमाडौंविरुद्ध जित निकाल्न नसके विराटनगरलाई प्रतियोगिताको एलिमिनेटरमा पुग्न निकै कठिन हुनेछ ।
ज्ञानेन्द्रको काठमाडौंमाथि जित निकाल्न विराटनगरलाई निकै कठिन हुनेछ । किनकी काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई हराएको सुखद सुरुवात गरेको काठमाडौं लगातार जितको खोजीमा छ । काठमाडौं १ खेलबाट २ अंक जोडेर लिगको तेस्रो स्थानमा छ ।