• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कसले जित्ला पोखरा प्रिमियर लिगको उपाधि ?
विश्वास थापा
आइतबार, कात्तिक ११, २०७५ विश्वास थापा
कसले जित्ला पोखरा प्रिमियर लिगको उपाधि ?


काठमाडौं । फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग पीपीएल पोखरा रंगशालमा शुक्रबारबाट सुरु भएकाे छ । ६ शहरलाई फ्रेन्चाईज गरेर आयोजना गरिएको प्रतियोगितामा घरेलु क्रिकेटका स्टार सितारादेखि राम्रा विदेशी खेलाडी समेत समावेश गरिएको छ । पहिलो संस्करणको प्रतियोगितामा घरेलु क्रिकेटका नयाँ र पुराना खेलाडीकासाथै सहभागि टोलीले केही नयाँ खेलाडीलाई अवसर दिएका छन् ।

पर्यटकीय नगरी पोखरामा सुरु भएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि कसले जित्ला त ? करिब दुई हप्ता चल्ने प्रतियोगिता सबै टिमले आफुलाई मैदानमा प्रमाणित गर्न हरसम्भव मेहनत गर्नेछन् ।

पोखरा पल्टन 

पोखरा प्रिमियर लिग पीपीएलमा पोखरा पल्टन घरेलु टोली हो । राष्ट्रिय क्रिकेट टिमका आक्रमक ब्याट्सम्यान शरद भेषवाकर मार्की प्लेयर रहेको पोखरालाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । बिनोद भण्डारी, रोहितकुमार पौडेल जस्ता आक्रमक व्याट्सम्यानको साथ रहेको पोखरामा आसिफ शेख जस्ता युवा खेलाडीको समावेश छन् ।

कप्तान भेषवाकरले राम्रो प्रर्दशन गर्दै सबै टोलीलाई टक्कर दिने आफ्नो लक्ष्य रहेको बताउछन् । पहिलो खेलमा प्रभावशाली जित निकालेर पोखराले उपाधिमा बलियो चुनौती पेश गरिसकेको छ । घरेलु मैदानमा दर्शकको साथ पाएको पोखराको प्रर्दशनमा विदेशी खेलाडी रविइन्द्र सिंह र युएईका मोहमद नविदले प्रर्दशनले समेत धेरै फाईदा पु¥याउनेछ ।

चितवन राईनोज 

पीपीएल क्रिकेटमा चितवन राईनोज उपाधिको अर्को दाबेदार टोली हो । राष्ट्रिय टिमका कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले खेलाडी लिलामी प्रक्रियामा समेत बाजी मारेको थियो । करण केसी, आरिफ शेख जस्ता युवा खेलाडी समावेश टोलीमा शक्ति गौचन जस्ता भेट्रान खेलाडी समावेश छन् ।

दुई भारतीय खेलाडी सन्नी पटेल र समित पटेलको आगमनले चितवन थप बलियो देखिएको छ । नेपाली क्रिकेटको सफलताको पर्याय बनेका कप्तान पारसको नेतृत्वले पहिलो संस्करणको प्रतियोगिता जित्न सक्ने धेरैको अनुमान छ ।

हुलास काठमाण्डौँ रोयल्स

युवा तथा नयाँ खेलाडीको बाहुल्यता रहेको टिम हो, हुलास काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौं रोयल्स पृथु वास्कोटा र नरेश बुढाएर जस्ता अनुभवी खेलाडी समेत समावेश छन् ।

काठमाडौंको बलिङ लाईनलाई अनुभवी स्पिनर बसन्त रेग्मीले सम्हाल्नेछन्, ब्याटिङमा कप्तान ज्ञानेन्द्रले नेतृत्व गर्नेछन् । युवा खेलाडीलाई मौका दिएको काठमाडौंमा अमित श्रेष्ठ, सुमित झा, सुचान श्रेष्ठ लगायतका खेलाडी समावेश छन् । युवा तथा सन्तुलित टिम देखिएको काठमाडौले पीपीएलको उपाधिमा बलियो चुनौती दिने देखिएको छ ।


बुटवल ब्लास्टरर्स

तिव्र गतिका बलर सोमपाल कामी मार्की प्लेयर रहेको बुटल ब्लास्टर्स पीपीएल क्रिकेटको अर्को उपाधि दाबेदार हो । सागर पुन र ललित सिंह भण्डारी जस्ता अलराउण्ड समावेश बुटवलाई प्रतियोगिताको बलियो टोलीमा हेरिएको छ ।

प्रतियोगिताका खेल्न राम्रो तयारी गरेको बुटवलमा रोहन मुस्तफा र चिराग सुरी जस्ता अनुभवी विदेशी खेलाडीको साथ छ । शंकर राना जस्ता युवा खेलाडी समावेश बुटवल प्रतियोगिताको सन्तुलित र बलियो टोली मानिएको छ ।

विराटनगर टाईटन्स 

वर्तमान समयमा नेपाली क्रिकेटको सबै भन्दा ठुलो नाम हो, सन्दिप लामिछाने । क्रिकेटबाट विश्वभर नेपाललाई परिचय दिईरहेका सन्दिपले अन्तराष्ट्रिय क्रिकेटमा आफुलाई एक पछि अर्को सफलता दिलाईरहेका छन् ।

उनै सन्दिपले नेतृत्व गरेको विराटनगर प्रतियोगिताको अर्को बलियो टोली हो । राजु रिजाल, सुनिल धमला, राजेश पुलामी मगर, दिपेश श्रेष्ठ, प्रदीप ऐरी, सहाव आलम र जितेन्द्र मुखिया जस्ता घरेलु क्रिकेटका चलेका नाम विराटनगरसंग जोडिएका छन् । युवा तथा अनुभवी खेलाडीले भरिएको विराटनगरले प्रतियोगिताका सबै टिमलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ । जसमा सन्दिप लामिछानेको लेग स्पिनको फाईदा समेत विराटनगरले उठाउनेछ ।

एक्सपर्ट धनगढी ब्लुज

पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमले पाएको राम्रा ब्याट्सम्यानमा पर्छन्, दिपेन्द्र सिंह ऐरी । उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै सिनियर टिममा स्थान बनाएका दिपेन्द्र घरेलु क्रिकेटका जमेका ब्याट्सम्यान हुन् । उनी दिपेन्द्र मार्की प्लेयर रहेको धनगढीलाई पीपीएलको बलियो टोलीको रुपमा हेरिएको छ ।

उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिममा फर्कन प्रतिक्षा गरिरहेको धेरै खेलाडी टोलीमा समावेश छन् । दिलिप नाथ देखि मञ्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की, कमल सिंह ऐरी जस्ता भरपर्दा खेलाडी टोलीमा समावेश छन् । इग्ल्यान्डका ब्याटम्यान इयान लरेन्स र डेविड ट्रेगोको आगमनले पीपीएलमा धनगढीले उपाधिमा बलियो चुनौती पेश गर्ने धेरैको अनुमान छ ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP