एजेन्सी । तेस्रो वान डे क्रिकेटमा वेष्ट ईन्डिजसंग भारत पराजित भएको छ । पुनेमा भएको तेस्रो वान डेमा भारत पाहुना टोलीसंग ४३ रनले पराजित भएको हो । इन्डियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको वेष्ट ईन्डिजले ९ विकेट गुमाएर २ सय ८३ रन जोड्यो ।
होपले ९५ रन बनाएको इनिङ्समा एस्ले नर्सले ४० रनको योगदान दिएका थिए । भारतका जसप्रित बुम्राहाले ४ विकेट लिएका थिए ।
२ सय ८४ को लक्ष्य सहित जवाफी ब्याटिङ थालेको इन्डिया ४७ दशमलव ४ ओभरमा २ सय ४० रनमा अलआउट भयो । कप्तान विराट कोहलीले १ सय ७ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । शिखर धवनले ३५ रन बनाएका थिए ।
वेस्ट इन्डिजका मार्लोन स्यामल्सले सर्वाधिक ३ विकेट लिएका थिए । जितपछि पाँच म्याचको सिरिज २÷२ को बराबरी भएको छ । चौथो म्यान मुम्बईमा आगामी सोमबार खेलिनेछ ।