• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
आहा राराको फाइनल : मनाङ आफ्नो ५० औं खेल खेल्दै
खेलपाटी संवाददाता
शनिबार, माघ १५, २०७८ खेलपाटी संवाददाता
आहा राराको फाइनल : मनाङ आफ्नो ५० औं खेल खेल्दै

पोखरा । हुने नहुने शंकाबीच, गर्ने नगर्ने दुविधाबीच अन्तत: आहा रारा गोल्डकप ०७८ शनिबार आफ्नो अन्तिम खेलमा आइपुगेको छ । त्यो भनेको फाइनल नै भयो । आजको फाइनलमा भिड्दै छन्, प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिम मनाङ मर्स्याङ्दी र एपीएफ । मनाङकै सर्वाकालीन सफल कप्तान कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ आफै पनि अहिले त्यस्तो स्थितिमा छ, जहाँ उसले भन्न सक्ने छ, हामी पनि केही गर्न सक्षम छौं ।

सहिद स्मारक लिग ‘ए’ डिभिजनका पछिल्ला केही संस्करणमा अधिकांस समय रेलिगेसनबाट बच्न नै समय खर्चेको एपीएफ सायद कुमार आएयता केही हदसम्म अगाडि बढ्ने मनसायमा छ । जुन एपीएफ र नेपाली फुटबलका लागि धेरै राम्रो हो । अन्यथा लिगमा एपीएफबारे सुन्नु पर्ने भनेकै यसले यस्तो खराब गर्‍यो, यस्तो नराम्रो गर्‍यो भन्ने नै त थियो । विश्वास गरौं, एपीएफले अब यस्तो गर्ने छैन् र सफा फुटबल खेल्ने प्रयास गर्नेछ, चाहे त्यो मैदानमा होस अथवा मैदान बाहिर ।

एपीएफले आहा रारामा फाइनल खेल्न लागेको यो दोस्रो पल्ट हो । वर्ष ०६४ मा एपीएफ फाइनल त पुगेको थियो, तर उपाधिको भिडन्तमा पुलिसको हातबाट पराजित रह्यो । त्यो अर्थमा एपीएफ दोस्रो पल्ट आहा राराको फाइनल खेल्दैछ । एपीएफले यो प्रतियोगिता खेल्न थालेको वर्ष ०६१ देखि मात्र हो । त्यो वर्षदेखि उसले सात संस्करण लगातार खेलेको थियो, त्यसपछि सहभागिता नियमित रहेन् । अब यसपल्ट फाइनल पुगेपछि एपीएफले चाहने छ, सहभागितामा निरन्तरता ।

यो त भयो, एपीएफको कुरा । यसपल्टको फाइनलमा सबैको ध्यान भने मनाङमै रहनेछ र यसको प्रमुख कारण त आहा रारामा रहेको क्लबको विरासत नै हो । सायद धेरैले चाहने छ, उपाधि मनाङनै जितोस, किनभने यसले आहा राराकै इतिहासमा एउटा कोशेढुंगा उपलब्धी स्थापित हुनेछ र यसमा मनाङलाई पनि असाध्यै गर्व हुनेछ । मनाङ आहा राराको इतिहासमै सबैभन्दा समृद्ध इतिहास भएको क्लब हो, त्यसो भन्दा यो जत्तिको सफल क्लब यो प्रतियोगितामा अर्को छैन् ।

आजको फाइनल जिते, मनाङ आहा रारामा सातौं पल्ट विजेता हुनेछ र बन्ने छ, सर्वाधिक उपाधि जित्ने टिम । अहिलेसम्म मनाङ र पुलिसले समान छ छ पल्ट उपाधि जितेको छ । यसपल्ट मनाङले खेल्न लागेको यो १२ औं फाइनल हो । त्यो अर्थमा पनि यो टिम प्रतियोगितामा सर्वाधिक फाइनल खेल्ने टिम भयो नै । मनाङले छ पल्ट उपाधि मात्र जितेको छैन्, यसअघि पाँच पल्ट फाइनलमा हार पनि बेहोरेको छ । मनाङले ती सबै फाइनल जितेको भए ?

फुटबलको मज्जा भनेको यही हो, सबैले सबथोक चाहेर कहाँ पूरा हुन्छ र ? आजको फाइनलको नतिजा जे जस्तो सुकै होस, यही खेलकै क्रममा एउटा अर्को ऐतिहासिक कोशेढुंगा उपलब्धी भने स्थापित हुनेछ र त्यो हो, मनाङका लागि यो खेल प्रतियोगितामा उसले खेलेको ५० औं खेल हुनेछ । अर्थात आज मनाङ आफ्नो अर्धशतकीय खेल खेल्दैछ । यसको अर्थ मनाङ आहा रारा गोल्डकपको इतिहासमा सर्वाधिक खेल खेल्ने टिम पनि हो र यो उपलब्धी उसले किन चुम्यो भने यो प्रतियोगिताको सबैभन्दा सफल टिम पनि त हो । 
एउटा प्रश्न भने बाँकी नै छ, कतै मनाङको यस ऐतिहासिक क्षणलाई उसकै पुरानो कप्तान कुमारको एपीएफले किरकिरा पार्ने त होइन ? 

 


NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP