• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
धमिलो सम्झनामा बलुच
खेलपाटी संवाददाता
बुधबार, माघ १२, २०७८ खेलपाटी संवाददाता
धमिलो सम्झनामा बलुच

काठमाडौं । जति बेला नेपाली क्रिकेट भर्खर भर्खर अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश गर्दै थियो, एक पाकिस्तानी क्रिकेट प्रशिक्षकले छोटो समयका लागि त्यसको जिम्मेवारी सम्हालेका थिए । त्यो पक्कै पनि छोटो समय थियो, तर त्यसको प्रभाव नेपाली क्रिकेटमा भने अत्याधिक थियो । हामी अहिले कुरा गरिरहेका छौं, अफ्ताब बलुचको । पाकिस्तानी घरेलु क्रिकेटमा उनको नाम निकै सम्मानले लिने गरिन्छ, किनभने उनले खेलाडी रहेका बेला ४ सय रन भन्दा माथिको महान इनिङ्स खेलेका थिए ।

यिनै बलुचको ६८ वर्षको उमेरमा मंगलबार निधन भयो । पाकिस्तानी क्रिकेट बोर्डले उनको निधनको पुष्टि गरेको छ, तर निधनको कारण भने खुलाएको छैन् । उनले पाकिस्तानका लागि जम्मा जम्मी दुई टेस्ट खेले । त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटमा योगदानका लागि उनलाई विरलै सम्झिने गरिन्छ । तर जति बेला पाकिस्तानी घरेलु क्रिकेटबारे चर्चा हुन्छ, उनको नाम सबैभन्दा पहिले आउने गर्छ । सन् १९७३/१९७४ को सिजन उनले सिन्धका लागि उनले ४ सय २८ रन बनाएका थिए, बलुचिस्थानविरुद्ध ।

Aftab Baloch - 428 and all that

विश्व क्रिकेटमा चार सय व्यक्तिगत रन विरलै बन्ने गर्छन् । त्यसैले बलुचको नाम यस प्रसंगमा दोहराएर आइरहने हुन्छ । तर नेपाली क्रिकेटले उनलाई अहिले सम्झने भनेको प्रशिक्षकका रूपमा हो । समय कति बलियो छ भने बलुच नेपाल आउँदाका प्रमुख क्रिकेट पदाधिकारीहरूमध्ये केही रहेनन्, रहेका पनि निस्क्रिय जस्तै छन् । उनको नेतृत्वमा खेलेका खेलाडीमध्ये केही आफै प्रशिक्षक भइसके, नभएकाहरू पनि फेरि निस्क्रिय जस्तै छन् ।

त्यसैले जति बेला उनको निधनको समाचार आयो, उनको सम्झना नेपाली क्रिकेटमा धमिलो मात्रै रह्यो । जुन एक प्रकारले बुलचप्रति अन्याय नै थियो । सन् २००१ मा नेपालले बंगलादेशमा भएको एसीसी यू १७ एसियाकप खेलेको थियो । त्यस टिमका कप्तान थिए, शक्ति गौचन । नेपालले त्यो प्रतियोगिता खेल्दा यिनै प्रशिक्षक थिए । उनको नेतृत्वमा नेपालले खेलेको एक मात्र आधिकारिक प्रतियोगिता यही रह्यो । त्यसमा मुनिक श्रेष्ठले शतक बनाएका थिए ।

PCB mourns passing of Aftab Baloch

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि यो पहिलो ऐतिहासिक शतक हो, यसको साक्षीका रूपमा यिनै प्रशिक्षक बुचल त थिए । मुनिकको शतक सिंगापुरविरुद्ध थियो । सन् २००१ मा क्यानाडामा आईसीसी ट्रफि भएको थियो । त्यसमा नेपालको सहभागिता धेरै अर्थमा विवादास्पद रह्यो । त्यसमध्ये एक विवाद त नेपाली टिमका प्रशिक्षकका रूपमा बलुचले क्यानाडा प्रवेशको भिसा नै पाएनन् । अनौठो त के भने नेपालले प्रशिक्षक विनानै क्यानाडा यात्रा गरेको थियो ।

त्यसपछि त उनी पाकिस्तान फर्किहाले । र, नेपाली क्रिकेटको एक अध्याय सकियो । उनीपछि नेपाली क्रिकेटको प्रशिक्षकका रूपमा रोयलुक डायस आए र त्यसपछि के भयो, त्यो सबैलाई थाहा छँदैछ । डायस आएयताको घटनाक्रमबारे नेपाली क्रिकेटमा धेरै लेखिएको छ, तर त्यस अगाडिको केही वर्षको इतिहास अहिलेले धेरैले सम्झन पनि छाडेका छन् । त्यसैमध्ये एक भाग बलुचको नेपाल बसाइ पनि हो । उनको निधनको समाचार नेपाली क्रिकेटका लागि खालि एउटा समाचार जस्तै मात्र रह्यो ।

हाम्रो तर्फबाट भने बुलचको निधनमा हार्दिक समवेदना ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP