सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

मछिन्द्रको ‘भाग्य’ बदल्ने अनिल

सोमबार, १० माघ २०७८हिम बिक्रम केसी
मछिन्द्रको ‘भाग्य’ बदल्ने अनिल
Loading ad...
mustang rice ad

काठमाडौं । एक व्यक्तिको आबद्धताले कति चिज बदल्छ, फुटबल क्लब मछिन्द्रलाई हेरे पुग्छ । क्लबको इतिहास एउटै व्यक्तिको वरपर बने जस्तै लाग्छ । ती व्यक्ति अरु कोही नभएर क्लबका व्यवस्थापक ‘अनिल श्रेष्ठ’ हुन् ।

पद कहिले काँही गौण हुने रहेछ, मछिन्द्रको ‘भाग्य’ उनै अनिलले फेरेका हुन् । जब उनी क्लबमा आए, मछिन्द्र घरेलु फुटबलमा एउटा शक्तिको रुपमा स्थापित बन्यो । जब उनी निष्कृय बने, क्लबले खराब समय ब्यहोर्यो । भन्दा फरक पर्दैन, यो समय मछिन्द्र फुटबल क्लबको हो । मछिन्द्र, घरेलु फुटबलको नयाँ ‘शक्ति’ हो । मछिन्द्रलाई यहाँसम्म डोर्र्याउने पात्र अरु कोही नभएर, अनिल एक्लै हुन् ।

मछिन्द्रले ३२ वर्षसम्म बी डिभिजन खेल्यो । ६० सालतिरको कुरा हो, क्लबले शीर्ष डिभिजन लिग तयारीको जिम्मेवारी अनिल र उनका साथी प्रज्जवल तुलाधरलाई सुम्पियो । ए डिभिजन उक्लिने स्वपनिल सपना बोकेर अनिल र उनका साथी प्रज्जवल खेलाडी खोज्न पूर्वतिर हान्निएका थिए । पूर्व नेपाली फुटबलको उर्वर भूमी मानिन्छ । घरेलु फुटबलमात्र हैन, राष्ट्रिय टिममा समेत पूर्वकै खेलाडीको बाहुल्यता रहने गर्छ । 

No description available.

पूर्व पुगेका अनिल साथीसँग करिब १५–२० दिन जति बसे । र केही खेलाडी जम्मा पारे । ती खेलाडी थिए, बुद्ध चेम्जोङ, दिपक राईदेखि कर्ण लिम्बुसम्म । बी डिभिजनमा उक्लिने लक्ष्य सहित काठमाडौं ल्याएका खेलाडीले मछिन्द्रको लक्ष्य पुरा गरे । सन् २००४ मा दोस्रो स्थानमा रहदै मछिन्द्र शीर्ष डिभिजनमा उक्लियो ।

ए डिभिजनमा उक्लिएपछि क्लबसँग अनुभव थिएन । पैसा पनि थिएन । क्लबले बी छनोट खेलेकै टिम लिएर ए डिभिजनमा डेब्यु गर्यो । टिममा नतिजा राम्रो रहेन । मछिन्द्र १३ औं स्थानमा रह्यो । त्यसपछिको अधिकांश समय मछिन्द्र रेलिगेशनबाट बच्नमै संघर्ष गरिरह्यो ।

अहिले मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक छन्, तोफे फुजा । ‘त्यो’ समय फुजा मछिन्द्रका प्रशिक्षक बनेर आएका थिए । ए डिभिजनको दोस्रो सिजन मछिन्द्रले फुजाको नेतृत्वमा खेलेको थियो । क्लब छैटौ स्थानसम्म आयो । तर क्लबमाथि आर्थिक भार थपिदै गएको थियो । क्लबसँग पैसा थिएन । ए डिभिजन खर्चिलो थियो । मछिन्द्रले अब फुटबल खेल्न सक्दैन भन्ने हल्ला टोलभरी फैलिएको थियो । 

२०७० सालमा मछिन्द्रमा नयाँ कार्यसमिति आयो । सबैको कथन थियो, फुटबल खेलेर नतिजा आएन । क्लबले निर्णय गर्यो, ‘कसैले चलाए फुटबल खेल्ने, नत्र फुटबल छाड्ने ।  छलफलमा बसेका अनिललाई क्लबको निर्णय चित्त बुझेन । उनले भने, ‘क्लबले कति पैसा दिने हो देओस्, फुटबल म चलाउँछु ।’

क्लबले २० लाख दिन सकिने जवाफ दियो । अनिल एक्लै क्लब चलाउन तयार भए ।

उनले करिब १ करोडको बजेट बनाए । बाँकी पैसा अनिलले हाल्ने, नाफा–घाटा अनिलकै हुने समझदारी बन्यो ।

No description available.

अनिलले क्लबको जिम्मेवारी लिएपछि मछिन्द्रसँग मुख्य प्रायोजकको रुपमा एनएमबी बैंक जोडियो । मुख्य प्रायोजकको रुपमा बैंकले १५ लाख दिने भयो । क्लबले २० लाख दिएको थियो । एन्फाबाट समेत केही रकम तयारी खर्च आउथ्यो । अनिलले झण्डै ८० लाख जति प्रायोजक जुटाए ।

मछिन्द्र सानै क्लब थियो । स्टार खेलाडी थिएनन् । अनिलले टिम चाँही राम्रो बनाए । बिशाल राईदेखि रेजिन धिमाल, देबेन्द्र तामाङ, शुशिल केसी, कर्ण लिम्बु जस्ता खेलाडी क्लबमा अनुबन्ध गरे । अनिललाई लाग्यो, नेपालको प्रशिक्षकको अभ्यासले पुग्दैन । त्यही समय धेरै सम्पर्कले पनि काम गर्यो । विदेशी प्रशिक्षक मछिन्द्रमा आउने भए । ती थिए, योहान कालिन । उनीपछि नेपालको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पनि बने । मछिन्द्रको सुरुवात राम्रो रहेन । सुरुवाती खेलमा रोकिने, केहीमा हार्ने नतिजा निस्कियो । जब विदेशी प्रशिक्षक कालिनले खेलाडीको क्षमता बुझे, मछिन्द्रलाई कसैले रोक्न सकेन ।

सिजनमा पाँचौ स्थानमा रहेर सुपर लिगमा पुगेको मछिन्द्रले सबैलाई चित खुवायो । सुपर लिगका सबै खेलमा जित निकाल्दै मछिन्द्र दोस्रो स्थान रह्यो । लिग सकिदाँ मछिन्द्रको शीर्ष स्थानको मनाङसंगको दुरी मात्र एक अंकको थियो ।  

मछिन्द्रले ७० सालको लिगमा इतिहासकै उत्कृष्ट नतिजा आत्मसाथ गरेको थियो । क्लबको नतिजामात्र राम्रो रहेन, अनिलले त्यो सिजन ४५ लाख नाफा आर्जन गरे । उनले सबै हिसाब क्लबलाई देखाए ।

आम्दानी नभएर फुटबल छाड्ने निर्णय गरेको मछिन्द्र क्लबका पदाधिकारीको मानसिकता बदलियो । क्लबलाई पनि लाग्यो, फुटबल खेलेर फाईदा पनि हुँदो रहेछ । एन्फाभित्रको आन्तरिक विवादका कारण केही वर्ष घरेलु लिग अबरुद्ध भयो । एन्फामा नयाँ नेतृत्व आयो । मछिन्द्रले त्यसपछि आफैले टिम तयार गर्यो । एन्फाको नयाँ नेतृत्वले आफ्नो कार्यकालको पहिलो सिजन रेलिगेशन बिनाको लिग गर्यो । त्यो सिजन मछिन्द्र पुछारदेखि दोस्रो बन्यो । र अर्को सिजनका लागि बोक्यो, ऋणात्मक एक अंक ।

May be an image of 8 people, people standing and outdoors

अर्थात मछिन्द्रले अर्को सिजन ‘माइनस’ एक अंकबाट लिगको सुरुवात गर्नुपर्ने भयो । क्लबमा पुनः नयाँ कार्यसमिति आयो । अनिललाई छलफलमा बोलायो । अनिल पुरानै प्रस्ताव दोह¥याए, सबै जिम्मेवारी आफुले लिने, नाफा घाटा आफ्नै रहने ।

क्लबले मानेन । समुदायको क्लब भएकाले मिलेर फुटबल चलाउने सहमती बन्यो । अनिल पुन फुटबलमा फर्कने भए । पुरै व्यवस्थापनको जिम्मेवारी लिए । उनी प्रस्ट थिए, फुटबलमा व्यवसायीक घराना नल्याएसम्म यो पार लाग्दैन । उनी पैसा र फुटबल बुझेका पात्रको खोजीमा थिए । उनले साझेदारको रुपमा भेटे, शिव घले । देशकै ठुलो व्यवसायीक घराना भाटभटेनीमा आबद्ध शिव मछिन्द्रको साझेदार बने । पैसा पनि भएका र फुटबल पनि बुझेका शिवसँगको साझेदारीले मछिन्द्र आर्थिक रुपमा बलियो बन्यो ।

त्यसपछि बाँकी सबै इतिहास बन्यो ।

मछिन्द्रले राष्ट्रिय फुटबलका अधिकांश खेलाडी क्लबमा अनुबन्ध गर्यो । मोटो रकम सहित घरेलु फुटबलका स्टार खेलाडी भित्र्यायो । खेलाडीलाई सबै सुविधा दियो, जे उनीहरु चाहन्छन् ।

नतिजाको रुपमा मछिन्द्रले पहिलो पटक २०७६ सालको लिग उपाधि कब्जा गर्यो ।

‘फुटबल खेलेर घाटामा जान नपरोस भन्ने सोच थियो ।’ मछिन्द्रको सफलताको कथाबारे अनिल भन्छन्, ‘फुटबल खेलेर ब्यापार गरौ भन्ने सोचले यो नतिजा आएको हो । निशंकोच भन्नुपर्दा, फुटबलमा पैसा कमाउने लक्ष्य राखेर यो नतिजा प्राप्त भएको हो ।’ 

May be an image of 5 people, people playing football, people standing and grass

ए डिभिजन खेल्ने अधिकांश क्लब ऋणमा चल्छन् । ती धेरै चन्दामा निर्भर छन् । फुटबल त्यसरी नचल्ने अनिल बताउँछन् । ‘फुटबल पहिले जस्तो छैन । खल्तिको पैसा हालेर, चन्दा मागेर चल्दैन ।’ उनी भन्छन्, ‘सबै क्लब व्यवसायीक रुपमा चल्नैपर्छ । लगानी पनि गर्ने र फाइदा पनि खोज्न पर्छ ।’

‘रेलिगेशनबाट बच्ने टिम बनाउन पनि ८०÷९० लाख खर्च भैहाल्छ । क्लबले कति समय रेलिगेशनबाट बच्नकै लागि मात्र खेल्ने ? नीजि क्षेत्रको साझेदारीले मछिन्द्र बदलिएको हो । वास्ताविकता यहिँ हो ।’ उनी थप्छन् ।

झण्डै ३२ वर्ष बी डिभिजन, करिब २२ वर्ष ए डिभिजन खेलेको मछिन्द्रको चित्र पछिल्लो समय फेरिएको छ । मछिन्द्रको सफलता हरेक क्लबका लागि एउटा सिक्नुपर्ने पाठ बनेको छ । नेपालको फुटबल पूर्ण व्यवसायीक बनिसकेको छैन । तर पछिल्लो समय खेलकुदमा व्यवसायीक घरानाको चासो र आबद्धता उत्साहजनक छ । फुटबल चलाउने क्लबले त्यसलाई चिन्न सक्नुपर्ने अनिल बताउँछन् ।

चालू सिजनका लागि मछिन्द्रले २ करोड २० लाखको अनुमानित बजेट बनाएको छ । करोड बढी रकम प्रायोजकमार्फत भित्र्याएका अनिल लिगको उपाधि जित्दा समेत क्लब घाटामा जाने बताउँछन् । तर मोफसलका प्रतियोगिताले क्लबलाई आर्थिक रुपमा उकास्ने उनको विश्वास छ । त्यसो भए फाइदामै नजाने फुटबलमा उनी किन लगानी गरिरहेका छन् ?

‘सबै कुरा फाइदा हेरेर हुदैन । क्लबमा लगानी गरेर राष्ट्रिय टिमलाई सहयोग गरेको जस्तो लाग्छ ।’ उनी भन्छन्, ‘फुटबल खेलाडी हामीलेनै बनाउने हो । खेलाडीलाई काम दिने हो, रोजगार दिने हो ।’

‘क्लबबिना एन्फा एक्लै त चल्न सक्दैन । राष्ट्रिय टिम बनाउन गाह्रो हुन्छ । क्लबले त्यसैमा सहयोग गर्ने हो ।’ उनी थप्छन् ।

May be an image of 1 person

अनिल काठमाडौंको मछिन्द्र बहालमा जन्मिए । यहाँकै गल्ती, चौरको फुटबल हेर्दै हुर्किए । रंगशालामा फुटबल हेर्ने, टुँडिखेलमा फुटबल खेल्ने उनको दिनचर्या रह्यो । फुटबल खेल्दै हुर्किएका अनिलले स्कुल स्तरसम्म राम्रै फुटबल खेले । क्लबमा भने उनले अवसर पाएनन् । बी डिभिजन खेल्ने लिस्टमा नाम त हुन्थ्यो, तर प्रशिक्षकले कहिल्यै विश्वास गरेनन् ।

रहरले मात्र नहुने रहेछ । अनिल राम्रा खेलाडी त बन्न सकेनन् । तर अहिले व्यवस्थापकको रुपमा खुबै जमेका छन् । समकालिन नेपाली फुटबलको मछिन्द्र नयाँ ‘शक्ति’ हो । अनिल त्यही मछिन्द्रको भाग्य बदल्ने ‘मास्टरमाइन्ड’ हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य