• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
आहा रारामा पुलिस र मनाङको ‘ब्लकबस्टर’ खेल
खेलपाटी संवाददाता
आइतबार, माघ ९, २०७८ खेलपाटी संवाददाता
आहा रारामा पुलिस र मनाङको ‘ब्लकबस्टर’ खेल

काठमाडौं । पुलिसविरुद्ध मनाङ मर्स्याङ्दी । नेपाली घरेलु फुटबलले दिन सक्ने सबैभन्दा आकर्षक र सनसनीपूर्ण खेलमा पर्छ, यो । पछिल्ला साढे दुई दशक जतिको समय यिनै दुई टिमबीच घरेलु नेपाली फुटबलमा जोडदार प्रतिस्पर्धा चलिरहेको छ । अचेल पुलिस त्यस्तो टिम रहेन्, जस्तो पहिले थियो । पुलिस आजभोलि कस्तो टिम भएको छ, सहिद स्मारक लिग ए डिभिजन ०७८ को अंक तालिका हेरे पुग्छ । पुलिस अहिले तत्काल ११ औं स्थानमा छ, खालि सात अंकमा ।

पुलिसमाथि रेलिगेसन डर ? भन्न अप्ठ्यारो लाग्छ, तर स्थिति त यस्तै हो । मनाङको स्थिति भने ठीकठीकै चलिरहेको छ । यो यस्तो टिम हो, जसले कुनै पनि उपाधिका लागि बलियो दावेदारी प्रस्तुत गरेर भने त्यो ठीकठीकैको प्रदर्शन न हो । लिगमा मनाङ भने १९ अंकमा दोस्रो स्थानमा छ । लिग उपाधिको होडमा मछिन्द्रलाई कुनै टिमले बलियो चुनौती पेस गर्न सक्छ भने त्यो खालि मनाङ मात्र रहेको छ । यो भयो, लिगको समीकरणको आधारमा तत्कालको स्थिति ।

May be an image of 7 people, people playing American football, people standing, outdoors and text that says

जति जति बेला यी दुई टिम पोखरामा भिड्ने गर्छन्, अनि अवसर हुनु पर्छ, आहा रारा गोल्डकप, त्यसको कुरै बेग्लै । यो ‘ब्लकबस्टर’ खेल हुने गर्छ । अझ ठ्याक्कै भन्दा वर्ष ०७८ मा नेपाली घरेलु फुटबलको सबैभन्दा पछ्याउन लायक र हेर्नै पर्ने कुनै खेल छ भने भने यही हो । आहा राराको इतिहासनै पल्टाउने हो भने पनि यी दुई क्लब सबैभन्दा सफल छन् । दुवैले छ छ पल्ट उपाधि जितेको छ । अनि त्यस बाहेक फाइनलमै खेलेको पनि पुलिसले चार पल्ट, मनाङले पाँच पल्ट ।

फेरि पुलिस र मनाङ आहा राराका त्यस्ता दुई टिम हुन्, जसले सुरुदेखि लगभग सबै संस्करणमा खेलेको छ, एकाध अपवाद बाहेक । यसपल्ट पुलिसले आहा राराको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पालाई हराएको थियो । यो जित केही हदसम्म कठिन रह्यो, किनभने यो खेल टाइब्रेकरमा गएको थियो र जित सडनडेथमै मात्र प्राप्त भएको थियो । तर त्यस खेलमा पुलिसको प्रदर्शन धेरै अर्थमा राम्रो थियो, लिगमा गरिरहेको प्रदर्शन भन्दा राम्रो ।

अर्कोतर्फ मनाङ भने यसपल्ट पहिलो पल्ट खेलिरहेको छ, सिधै क्वाटरफाइनलमा । तर पोखरा रंगशालामा पछिल्लो समय प्राप्त जितको ह्याट्रिकले मनाङ पक्कै पनि उत्साहित हुनु पर्छ, किनभने लिगमा यो मैदानलाई आफ्नो घर बनाएर खेल्दा मनाङले सबै तीन खेलमा जित निकालेको छ । यी तीनै खेलमा मनाङले जित मात्र निकालेको छैन्, राम्रो प्रदर्शन पनि गरेको छ, विशेषत: च्यासलविरुद्ध प्राप्त पाँच गोलको आरामदायी जितमा ।

May be an image of 6 people, people standing and grass

फेरि आहा राराकै फर्कने हो भने पुलिस र मनाङ यो प्रतियोगितामा सर्वाधिक खेल खेल्ने टिम हुन् । हिमालयनविरुद्धको यसपल्टको पहिलो चरणको जितसँगै पुलिसले प्रतियोगिताको इतिहासमै आज ४५ औ खेल खेल्दै । यही पुलिसको सामना गर्दा यो मनाङको ४८ औं खेल हुनेछ । अनि यी दुईबीच एक आपसमा आहा रारामा अहिलेसम्म आठ खेल भएका छन् । त्यसमा मनाङ पाँच खेलमा विजयी रहेको छ भने पुलिस तीनमा । आज के हुनेछ त ? अनुमान गर्न गाह्रै छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP