• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
आहा राराका दुई ठूला विशेषता
खेलपाटी संवाददाता
शुक्रबार, माघ ७, २०७८ खेलपाटी संवाददाता
आहा राराका दुई ठूला विशेषता

काठमाडौं । हुने नहुने दुविधाबीच अन्तत: आहा रारा गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा एपीएफले आयोजक सहारालाई हराइसकेको छ । अब शुक्रबारको खेलमा पुलिसले हिमालयन शेर्पाको सामना गर्नेछ । कोरोना भाइरस संक्रमणको अर्को लहरले पूरा देश छोपिएको बेला प्रतियोगिता हुने नहुनेमै डर थियो । अब त्यो रहेन् । जति बेला मैदानमा फुटबल सुरु हुन्छ, सबैले ध्यान खिच्ने भनेको खेल नै हो, अरूले होइन् । त्यो अर्थमा अबको साता दिन भन्दा बढी समय पोखरामा चर्चा फुटबलकै रहनेछ ।

यसपल्टको प्रतियोगितासँगै आहा रारा गोल्डकपको दुई दशक भन्दा बढीको समय पूरा गरेको छ । यो प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता भन्नु नै, यसको नियमित आयोजना हो । यसपल्ट पनि प्रतियोगता भएको छ, यो आफैमा ठूलो छ । मोफसलमा जति पनि गोल्डकपमा नाममा हुने प्रतियोगिता छन्, ती कुनै पनि नियमित छैनन् । मोफसलमा मात्र होइन्, काठमाडौंमै पनि कहाँ कुनै प्रतियोगिता नियमित भएको छ र ? काठमाडौंमा नकआउट प्रतियोगिता नभएकै लामो समय भइसकेको छ ।

May be an image of balloon and outdoors

त्यसमाथि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने सहिद स्मारक लिग ‘ए’ डिभिजन नै पनि त नियमित छैन् । अहिले भइरहेको ‘ए’ डिभिजन लिग पनि एक वर्षको अन्तरमा आयोजना भएको हो, वर्ष ०७६ मा त लिग नै भएन् । प्रतियोगिता नहुनुका कारण अनेक बहाना हुन सक्छन्, अनेक कारण देखाउन सकिन्छ । तर सहाराले आहा रारा गोल्डकप आयोजना नगर्न कुनै बहाना खोजेन्, कुनै कारणलाई निर्णायक हुन दिएन्, भलै बहाना र कारण बनाउने हो भने धेरै थिए ।

आहा रारा गोल्डकपको यो एउटा प्रमुख विशेषता हो । यो आलेखमा हामीले प्रतियोगिताका दुई ठूला विशेषताबारे चर्चा गर्न लागेका छौं, कुनै वर्ष पनि टुट्न नदिएर प्रतियोगिता आयोजना आयोजना गर्न वास्तवकै कम्ती बहादुरपूर्ण काम हो र ? अब अर्को ठूलो विशेषता, यसपल्ट वर्ष ०७७ को संस्करण समग्रमा २१ औं हो, वर्ष ०५८ को क्याराभान गोल्डकपसमेत जोडेर । यसबीच हामीले जम्मा जम्मी छ विजेता मात्र पाएका छौं र त्यसमा पनि प्रतियोगितामा खालि तीन टिमको मात्र प्रभुत्व छ ।

May be an image of 7 people, people standing and outdoors

यी तीन टिम हुन्, पुलिस, मनाङ मर्स्याङ्दी र थ्री स्टार । पुलिस र मनाङले त कीर्तिमान छ छ पल्ट पोखरामा उपाधि चुमेको छ । थ्री स्टारको नाममा भने पाँच पल्ट च्याम्पियन भएको इतिहास छ । त्यस बाहेक अफ्रिकी युनाइटेड, सहारा र संकटाको नाममा एक एक पल्ट उपाधि हात पारेको इतिहास छ । संकटाले त पोहोर मात्रै उपाधि उचालेको थियो । त्यस अगाडि वर्ष ०७४ मा पुलिस, वर्ष ०७५ मा थ्री स्टार र वर्ष ०७६ मा मनाङ विजेता रह्यो, क्रमश: ।

May be an image of ‎one or more people, people playing sports, outdoors and ‎text that says '‎खेलपाटी khelpati.com RARA खेलपाटी khelpati.comखेलपाटी khelpati.com Instant Noodles मिठी स्वाद मिठा याद खेलपाटी khelp ب khelpati.com खेलपाटी i.com ड कार SINCE‎'‎‎

खासमा आहा राराको एउटा इतिहास भनेकै यी टिमले यसरीले पालो पालो उपाधि जित्नु हो । वर्ष ०५८ र ०५९ मा पुलिसले लगातार उपाधि जितेपछि मनाङले यस्तै उपलब्धी ०६० र ०६१ मा दोहराएको थियो । वर्ष ०६२ मा अफ्रिकन युनाइटेड विजेता रह्यो । वर्ष ०६३ मा थ्री स्टार पहिलो विजेता बन्यो । पुलिसले त्यसपछि तीन वर्ष ०६४, ०६५ र ०६६ मा लगातार उपाधि जित्नुको ह्याट्रिक बनायो । वर्ष ०६७ मा थ्री स्टार फेरि च्याम्पियन बन्यो ।

May be an image of 5 people and people standing

वर्ष ०६८ मा मनाङले उपाधि आत्मसात् गरे लगतै वर्ष ०६९ मा थ्री स्टारले फेरि उपाधिमा आफ्नो नाम लेखायो । वर्ष ०७० ऐतिहासिक रह्यो, किनभने यो वर्ष सहारा च्याम्पियन बन्यो । त्यसपछि फेरि पुरानै क्रम दोहरियो, वर्ष ०७१ मा थ्री स्टारले उपाधि जित्यो, वर्ष ०७२ र ०७३ मा मनाङले लगातार दुई पल्ट च्याम्पियन भएर देखायो । यति मात्र होइन्, मनाङ पाँच, पुलिस चार र थ्री स्टार एक पल्ट फाइनलमा पराजित पनि रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP