• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
नवौं राष्ट्रिय खेलकुदको सम्भावना टर्दै 
खेलपाटी संवाददाता
बिहीबार, पुस २९, २०७८ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुदको सम्भावना टर्दै 
गण्डकी प्रदेशलाई नवौं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै तत्कालिन सदस्य सचिव केशवकुमार विष्ट । फोटो : खेलपाटी

काठमाडौं । यस वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भावना टर्दै गएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिवको विवाद र कोभिडको बढ्दो लहरका कारण यस वर्ष समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना प्रभावित हुने देखिएको हो ।  

आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो । प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेन । 

सरकार परिवर्तन भएसँगै सुरु भएको सदस्य सचिव र बोर्ड सदस्यको विवादले नवौं राष्ट्रिय खेलकुद यस वर्ष हुने सम्भावना टर्दै गएको छ । 

‘राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि सामान्यतया सय दिनको समय आवश्यक पर्छ । सरकारले नऔपचारिक रुपमा फागुनमा राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरेको थियो । तर तयार हेर्दा निर्धारित समयमा प्रतियोगिता हुने सम्भावना कम देखिन्छ ।’ राखेपका प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत भन्छन् । 

नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले कार्यभार सम्हालेपछि फागुनमा राष्ट्रिय प्रतियोगिता गर्ने गरि तयारी थाल्न निर्देशन दिएका थिए । सदस्य सचिवको विवाद अदालत छिरेपछि राखेपको सम्पुर्ण काम कारबाही प्रभावित बनेको छ । 

पदमुक्त गरिएको सदस्य सचिव रमेशकुमार सिलवाल र नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय यथास्थितीमा राख्न अदालतले आदेश दिएसँगै घरेलु खेलकुदका गतिविधि प्रभावित छन् । 

राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषयमा निर्णय गर्न राखेपको बोर्ड बैठक तत्काल बस्न सक्ने अवस्था छैन ।

राखेप सदस्य सचिव मात्र हैन, बोर्ड सदस्यको विवाद समेत अदालतमा विचाराधीन छ । सदस्य सचिव सम्बन्धि मुद्धामा अदालतले माघ ३ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।   

राष्ट्रिय खेलकुदमा समावेश हुने खेल र छनोट प्रक्रिया तथा गण्डकी प्रदेशमा खेलकुदका भौतिक पुर्वाधारको काम समेत अघि बढ्न सकेको छैन । 

‘सरकारले निर्णय गरेरै अघि बढेको अवस्थामा प्रतियोगिता नहुने त हैन । तर तयारीका हिसाबले यस वर्ष राष्ट्रिय प्रतियोगिता हुने सम्भावना कम देखिन्छ ।’ बस्नेतले खेलपाटीसँग भने ।  

संघीय मन्त्रालयले सातै वटा प्रदेशसँग प्रदेश प्रतियोगिता र राष्ट्रिय प्रतियोगिताको छनोटमा गर्न सकिने समन्वयको सन्दर्भमा छलफल गर्ने तयारी गरेको थियो । तर घरेलु खेलकुदको कार्यकारी प्रमुखको विवाद अदालत प्रवेश गरेपछि मन्त्रालयको तयारी पनि अघि बढ्न पाएको छैन । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP