• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
एसियन गेम्समा खेल संख्या घटाउने तयारी  
हिम बिक्रम केसी
शनिबार, पुस २४, २०७८ हिम बिक्रम केसी
एसियन गेम्समा खेल संख्या घटाउने तयारी  

काठमाडौं । नेपालले आसन्न एसियन गेम्समा खेल संख्या घटाउने गरि तयारी थालेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको आग्रह अनुसार एसियन गेम्सको तयारीमा जुटेको नेपाल ओलम्पिक कमिटीले एसियन गेम्समा नेपालबाट खेल संख्या घटाउने गरि गृहकार्य अघि बढाएको हो ।

एसियन गेम्समा नेपाल संख्यात्मक रुपमा धेरै खेलमा सहभागी हुने तर नतिजा शुन्य प्राय देखिने भएकाले पदकको सम्भावना भएका खेललाई मात्र प्रतियोगितामा सहभागी गराउने गरि तयारी अघि बढेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई यस वर्ष चीनमा हुने एसियन गेम्सको तयारी थाल्न निर्देशन दिएका थिए । सोही अनुसार उनले प्रतियोगितामा सहभागी गराउने खेलको टुङ्गो लगाउन एनओसीलाई आग्रह गरेका थिए ।

एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाउने समिति गठन भएको छ । जसमा एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ, खेल विज्ञ पार्थशारथी सेन गुप्ता, सुमन अधिकारी सहित राखेपका विभागीय प्रमुख समितिमा छन् ।

समितिले विभिन्न खेलका पदाधिकारी र मुख्य प्रशिक्षकसँग छलफल गरि एसियन गेम्समा सहभागी गराउनुको औचित्य पुष्टि गर्न र पदक प्राप्त गर्न सकिने आधार र विगतको प्रर्दशनको समिक्षा गरेको थियो ।

राष्ट्रिय संघसँग छलफल गरेर समितिले प्रारम्भिक ३० खेलको सूची तयार गरेको छ । तर सो सूचीमा समावेश खेललाई करिब आधा संख्यामा झार्ने समितिको तयारी छ ।

‘सबै संघले राम्रो गर्ने दाबी गर्छन् । तर साउथ एसियन गेम्समै पदक ल्याउन नसक्ने गेम्सले एसियन गेम्समा पदक जित्ने दाबी सान्दर्भीक हुँदैन ।’ एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले खेलपाटीसँग भने ।

समिति सदस्य समेत रहेका श्रेष्ठले परम्परागत रुपमा जन्ती गए जसरी एसियन गेम्समा सहभागी हुने प्रचलनलाई यसपटक सुधार गर्न लागिएको बताए ।

‘बरु कम खेल लैजाने, छनोट गरेको खेल र खेलाडीलाई राम्रो प्रशिक्षण दिने, अन्तराष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिपमा सहभागी गराएर खेलाडीलाई एक्सपोजर दिने, राम्रा विदेशी प्रशिक्षक स्वदेश ल्याएर प्रशिक्षण दिने सोचेका छौं ।’ उनले भने ।

पछिल्लो सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले २९ खेलमा सहभागीता जनाएको थियो । इन्डोनेसियाको जाकार्ता र पालेमबङ्ग भएको प्रतियोगितामा नेपालले २९ खेलमा १ सय ८५ खेलाडी उतारेको थियो । तर अन्तिम समयमा बिना तयारी सहभागी बनेको प्याराग्लाइडिङ बाहेक अन्य कुनै खेलबाट खेलाडीले पदक जित्न सकेनन्।

अन्तिम समयमा प्याराग्लाइडिङले पदक जित्नु अघि सम्म नेपाल पदक तालिकामा शुन्य अवस्थामा थियो । नेपाली खेलकुदको इजजत प्याराग्लाइडिङको सोही पदकले जोगाएको थियो ।

एनओसी महासचिव श्रेष्ठ निश्चित मापदण्ड बनाएर यस पटक एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाउने बताउँछन् ।

‘मापदण्ड बनाएपछि पदक जित्ने सम्भावना भएका थोरै खेल मात्र छनोट हुन्छन् । दक्षिण एसियामै पदक जित्न नसक्ने खेललाई एसियन गेम्समा सहभागी गराउन सान्दर्भिक हुदैन ।’ उनले भने, ‘चाँडै खेल संख्याको अन्तिम टुङ्गो लगाउनेछौं ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP