• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अब पालो अफ्रिकी कप अफ नेसन्सको
खेलपाटी संवाददाता
शनिबार, पुस २४, २०७८ खेलपाटी संवाददाता
अब पालो अफ्रिकी कप अफ नेसन्सको

काठमाडौं । सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिताका रूपमा आइतबार अफ्रिकी कप अफ नेसन्स सुरु हुँदैछ । आयोजक क्यामरुनले उद्घाटन खेलमा बुरकिना फासोको सामना गर्नेछ र प्रतियोगितामा इंग्लिस प्रिमियर लिगका नाम चलेका खेलाडीको राम्रै जमघट पनि हुनेछ । त्यसो त यो प्रतियोगिता सन् २०२१ को जुनमै हुनु पर्ने थियो । तर यसलाई जनवरीमा सारिएको थियो, किनभने त्यो क्यामरुनमा निकै वर्षा हुने समय थियो । फेरि कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता अहिले सन् २०२२ मा हुन लागेको छ ।

अहिले जुन समयमा यो प्रतियोगिता हुन लागेको छ, त्यसलाई लिएर अफ्रिकी फुटबल महासंघको पनि खुबै आलोचना भइरहेको छ । यो प्रतियोगिताकै कारण युरोपेली क्लबले आफ्ना प्रमुख खेलाडी गुमाउने छन् । अझ डर त के पनि थियो भने यसपल्ट पनि कतै प्रतियोगिता नहुने त होइन् ? आखिरमा सबै खाले अनुमानबीच अन्तत: प्रतियोगिता सुरु हुने भएको छ । इंग्ल्यान्डका पूर्व खेलाडी इयान राइट मान्छन्, खासमा धेरैलाई अफ्रिकी कप अफ नेसन्सको आलोचना गर्दा खुसी हुन्छ ।

Image

यो त अझ रंगभेदी व्यवहारकै एक भाग हो । युरो र कोपा हुने बेला जति सबैलाई त्यसको सकारात्मक चर्चा गर्दा खुसी लाग्छ, तिनैलाई अफ्रिकी कप अफ नेसन्सको गलत चर्चा गर्दा के के न गरे जस्तो हुन्छ । विशेषत: इंग्लिस प्रिमियर लिग अहिले निर्णायक मोडमा पुगेको बेला आफ्ना प्रमुख खेलाडी गुमाउँदा क्लबलाई रिस उठ्नु स्वभाविक पनि हो । तर अफ्रिकी कप अफ नेसन्स कुनै ठूलो प्रतियोगिता होइन्, यसको धेरै अर्थ छैन् भनेर बोल्नु भने गलत नै हो ।

जे होस, प्रतियोगिता हुने भएपछि ती आलोचना पनि हराएर जाने छन्, आफै । लगातार दोस्रो संस्करण प्रतियोगितामा २४ टिम हुनेछन् । त्यसको अर्थ चार चार टिमका छ समूहमा सबैभन्दा लिग चरणका आधारमा खेल हुनेछ । त्यसको शीर्ष दुई स्थानमा आउने टिमले स्वत: अन्तिम १६ मा प्रवेश पाउने छन । बाँँकी चार टिम प्रत्येक समूहको तेस्रो स्थानमा आउने शीर्ष टिम हुनेछन् । यसबीच एउटा महत्त्वपूर्ण प्रश्न रहेको छ, प्रतियोगिताको उपाधि जित्नका लागि बलिया प्रत्यासी को को हुन त ?

Image

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो, अल्जेरिया र यो नै सबैभन्दा बलियो दावेदार हो । म्यानचेस्टर सिटी विन्गर रियाद मेहराजको नेतृत्वमा रहेको अल्जेरिया ३४ खेलयता अपराजित छ । अल्जेरियालाई चुनौती दिने दुई टिम छन्, सादियो मानेको सेनेगल र मोहम्मद सलाहको इजिप्ट । संयोगले दुवै लिभरपुलका खेलाडी हुन् । प्रतियोगितामा इतिहासमा घाना र नाइजेरियाले अधिकांस समय राम्रो खेलेका छ, त्यसैले पनि यी दुई टिमको सम्भावनालाई पनि नकार्न सकिन्न ।

 
आयोजक भएको नाताले क्यामरुनको सम्भावना पनि उत्तिकै छ । माली भने प्रतियोगितामा आश्चर्यजनक नतिजा निकाल्न सक्ने टिमका रूपमा हेरिएको छ । अनि आइभरी कोस्ट, मोरोक्को र ट्युनिसियालाई पनि कमजोर त पक्कै आँक्न मिल्ने छैन् । प्रतियोगिता सुरु नै हुने भएपछि यसले अबको दिनमा कस्तो रूप लिने हो, त्यसमा पनि सबैको नजर हुनेछ । अहिले चारैतर्फ कारोना भाइरस संक्रमणको तेस्रो लहर आउने डर भइरहेको छ ।

Why Mohamed Salah Owes Egypt FA Nothing & Should Quit International Duty  After Latest Threats | ht_media

त्यसैले यसले कतै प्रतियोगितालाई व्यवधान पुर्‍याउने त होइन्, यही मूल प्रश्न हो । अफ्रिकी देशमा खोपको स्थिति के कस्तो छ, त्यसबारे पनि आधिकारिक जानकारी छैन् । कति दर्शकलाई प्रवेश दिइने हो, त्यसमा पनि अलमल कायम रहेकै छ । तर एउटा तथ्य के निश्चित छ भने यो प्रतियोगिताले पस्कने फुटबल सम्भवत: कमजोर हुने छैन्, दमदार नै रहनेछ । आखिरमा अफ्रिकी देशका अधिकांस ठूला फुटबल नाम युरोपतिर नै खेल्ने गर्छन् ।
–बीबीसीको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP