• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फर्गुसन भए ८० वर्षका
खेलपाटी संवाददाता
शनिबार, पुस १७, २०७८ खेलपाटी संवाददाता
फर्गुसन भए ८० वर्षका

काठमाडौं । हिजो, सन् २०२१ को डिसेम्बर ३१ । त्यसो भनेको एलेक्स फर्गुसनको जन्मदिन । विश्व फुटबलको सर्वकालीन यी महान व्यवस्थापकले आफ्नो ८० औं जन्मदिन मनाए । उनको उमेर जति बढ्दो छ, उनको ‘लेगेसी’ झन झन बढ्दो छ । सन् १९४१ मा जन्मेका फर्गुसनको खेल जीवन ठीकै जस्तो मात्र रह्यो ।

उनले क्विन्स पार्क, सेन्ट जोहन्सटन, डनफेरमिलाइन एथलेटिक्स, रेन्जर्स, फालक्रिक र अयर युनाइटेडका लागि । अनि स्कटल्यान्डका लागि चार ‘क्याप’ पनि जिते ।

 Never Give In': An intimate look at Sir Alex Ferguson | Result Nepal Online
डनफेरमिलाइनका लागि स्कटल्यान्डको लिगमा खेल्दा उनी एक सिजन सर्वाधिक गोल कर्ता पनि पनि रहे र त्यो थियो, सन् १९६५/१९६६ को सिजन । त्यो सिजन उनको टिम चौथो लिगको चौथो स्थानमा रह्यो । तर फर्गुसनलाई सबैले चिन्ने भनेको त खेलाडीका रूपमा पक्कै होइन्, बरू फुटबल व्यवस्थापकका रूपमा हो ।

यसमै उनले नाम कमाए र प्रचुर सफलता चाखे । सन् १९७४ मा उनले व्यवस्थापकीय खेल जीवन सुरु गरेका थिए, इस्ट स्टर्लिङसायरबाट । लगतै उनलाई सेन्ट मिरेनले बोलाइहाल्यो । फर्गुसन के त्यहाँ के गए, क्लब स्कटिस लिगको तेस्रो डिभिजनबाट माथिल्लो डिभिजनमा पुग्यो । सन् १९७८ बाट भने उनले एबरडिन सम्हाले । उनी क्लबमा जान अगाडि खालि एकै लिग उपाधि मात्र जितेको थियो, त्यो पनि सन् १९५५ । तर फर्गुनस आएपछि क्लबको इतिहासमै सबैभन्दा सफल समय सुरु भयो । फर्गुसन त्यहाँ आठ वर्ष रहे र क्लबले जितेको थियो, घरेलु फुटबलका नौ उपाधि ।

Markige Worte einer Trainer-Legende: Die besten Sprüche des Sir Alex  Ferguson - n-tv.de

त्यसमा तीन लिग उपाधि पनि थियो, अनि सँगै एक एक युरोपेली कप विनर्स कप र युरोपेली सुपर कप पनि । सन् १९८४/१९८५ मा एबरडिनले अन्तिम पटक लिग जितेको थियो र त्यसयता त्यहाँको लिग खालि दुई क्लबले मात्र जितेको छ, या त सेल्टिक । होइन भने रेन्जर्स ।

सन् १९८६ आइपुग्दा नपुग्दा उनलाई म्यानचेस्टर युनाइटेडले बोलाइ हाल्यो । उनले नाइ पनि भनेनन् । त्यसपछि के भयो, त्यो त इतिहास नै भयो, त्यो पनि समृद्ध इतिहास ।

Sir Alex Ferguson: Billy McNeill's cup final goal cost me my Rangers career  | Sport | The Times

म्यानचेस्टरमै रहेर त हो, फर्गुसनले पूरा विश्वमा ख्याति कमाएको । उनी म्यानचेस्टर आउन अगाडि पनि क्लब त ठूलै थियो, तर यही क्लबले सन् साठीको दशक यता लिग उपाधि जितेको थिएन । फर्गुसनले केही सुरुआती वर्षपछि म्यानचेस्टरलाई इंग्लिस फुटबलकै महाशक्ति टिम बनाए र सन् नब्बे आइपुग्दा नपुग्दा यो विश्वकै सर्वाधिक लोकप्रिय र सफल क्लब भइसकेको थियो । 

फर्गुसनले तीन दशक म्यानचेस्टरमा बिताए र यसक्रममा एक प्रकारको साम्राज्य नै खडा गरे ।

Cristiano Ronaldo sends message to Sir Alex Ferguson after completing  Manchester United move | The Independent

उनको नेतृत्वमा म्यानचेस्टरले इंग्लिस फुटबलको २२ घरेलु उपाधि जितेको थियो । सँगै दुई च्याम्पियन्स लिग उपाधि पनि । अनि एक युरोली कप विनर्सकप, एक युरोपेली सुपरकप, एक अन्तरमहादेशीयकप र एक फिफा क्लब वल्र्डकप ।

इंग्लिस फुटबलमा फर्गुसनको प्रभाव कति धेरै रह्यो भने त्यसलाई शब्दमा बयान गर्न सकिने छैन । उनको जमानाका तीन खेलाडीले नै अहिले आएर म्यानचेस्टरको व्यवस्थापकीय सम्हालिसके । उनलाई मन पराउने धेरै होलान्, मन नपराउने पनि उत्तिकै छन् ।

तर यी सबैले भन्न करै लाग्छ, जन्मदिनको शुभकामना, सर फर्गुसन ।
 

–द गार्डियनको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP