अनिश थापा मगर बने लिगलिगे राजा

काठमाडौँ । विगतको ९ बर्ष देखि लगातार संचालन भैरहेको लिगलिगे दौडको आज भएको ९ औं संस्करण भारतीय गोर्खा सेनामा कार्यरत बागलुङका अनिश थापा मगरले जितेका छन्।
अनिश थापा मगरले १३ दशमलव ८ किलोमिटरको दुरी ५८ मिनेट २५ सेकेन्डमा पुरा गर्दै लिगलिगे राजाको उपाधी सहित नगद ६० हजार प्राप्त गरे। बाग्लुङका तीर्थ पुन द्धितिय हुँदै नगद ३५ हजार र तेस्रो भएका नेपाली सेनाका रामजी बस्नेतले नगद २५ हजार प्राप्त गरे।
विजयी धावकलाई संस्कृति तथा पर्यटन मन्त्रि रबिन्द्र अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए। गोर्खाको सोदौड चेपे र मस्र्याङ्दी नदीको दोभानबाट सुरु भएको दौड लिगलिग कोटमा अन्त्य भएको थियो।
करिब साढे ४ सय वर्ष पुरानो ईतिहास भएको दौडको ईतिहास नेपाल एकिकरणसँग जोडिएको छ। द्रव्य शाह सोही दौड जितेर घले राजाहरु राज्य हातमा पार्दै शाहवंशका प्रथम राजा बनेका थिए।
ईतिहासमा विसं १६०४ देखि सुरु भएको दौडले विसं २०६७ मा लिगलिगकोट विकास अभियानले आधुनिक रुप दिएको हो।









-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)

