वरीयता टेनिस भोलिदेखि
आइतबार, कार्तिक २८, २०७८खेलपाटी संवाददाता
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा काठमाडौं÷एसियन १४ एन्ड अन्डर वरीयता टेनिस प्रतियोगिताको सर्किट– १ सोमबारदेखि सुरु हुँदै छ ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज÷गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट १ गल्र्स खेलाडी सहभागी हुँदै छन् ।
प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । सर्किट– १ नोभेम्बर १९ तारिखसम्म चल्ने छ । त्यसपछि सर्किट– २ का खेलहरु नोभेम्बर २१ तारिखदेखि सुरु हुने छ । खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)