मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग

आइतबार, कार्तिक २८, २०७८हिम बिक्रम केसी
राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग
Classic Tech Internet Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको छ ।

खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्ती स्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार राखेपको बोर्ड बैठक राख्न सदस्यले भुमिका नखेलेको भन्दै स्पष्टिकरण दिन भनिएको छ ।

मन्त्री गहतराजले ऐन अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग स्पष्टिकरण मागेका छन् ।

मन्त्री गहतराजले खेलकुद संघबाट मनोनित भएका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी तथा बिज्ञको रुपमा मनोनित इन्दिरा निरौला, रिम रानाभाटसँग स्पष्टिकरण माग गरेका छन् ।

यस्तै उधोग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसीक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोबिन्द भट्टराईसँग स्पष्टिकरण माग गरेका छन् ।

उल्लेखित सबै बोर्ड सदस्यलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए ।

सरकारले कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो । सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले सिलवाललाई पदमुक्त गरेको थियो ।

सरकारको निर्णय विरुद्ध सिलवालले कात्तिक २५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले सरकारको निर्णय गैरकानुनी रहेको जिकिर सहित अन्तरिम आदेशको माग गरेका छन्।

सिलवाललाई पदमुक्त हुने निर्णय गरे लगत्तै खेलकुद मन्त्री गहतराजले राखेपका बोर्ड सदस्यले राजीनामा दिन उपयुक्त हुने धारणा राखेका थिए ।

उनले वर्तमान सरकार फरक राजनीतिक कोर्सबाट निमार्ण भएको उल्लेख गर्दै बोर्ड सदस्यको राजीनामा पर्खिएर बसेको बताएका थिए ।

तर खेलकुद मन्त्रीको आग्रह अनुसार कुनै बोर्ड सदस्यले राजीनामा दिएनन् ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारबाट मनोनित भएपनि बोर्ड सदस्यले पछिल्लो डेढ वर्ष कुनै जिम्मेवारी पाएका थिएनन् । राजनीतिक अस्थिरतासँगै फेरिने मन्त्री र सदस्य सचिवको कार्यशैलीसँग असन्तुष्ट बोर्ड सदस्य जिम्मेवारी विहीन हुदै बसेका थिए ।

सरकार परिवर्तनसँगै बोर्ड सदस्यको भविष्य अन्यौलमा परेको थियो । वर्तमान सरकारले राखेपमा मनोनित बोर्ड सदस्यलाई हटाएर आफु अनुकुलका सदस्यलाई नियुक्ति दिन खोजेको देखिन्छ ।

परिषदको अध्यक्षको हैसियतले मनोनित बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेपनि मन्त्रीपरिषदबाट मनोनित सदस्यको विषयमा सरकार मौन बसेको देखिन्छ । मन्त्रीपरिषदबाट मनोनित बोर्ड सदस्यको हकमा मन्त्री परिषदबाटै निर्णय गर्ने सरकारको तयारी छ ।

बोर्ड सदस्यलाई स्पष्टिकरण सोध्ने निर्णय अघि खेलकुद मन्त्री गहतराजले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । देउवासँगको छलफलपछि गहतराज अघि बढेका हुन् ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो