मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

पोखरामा लिगका ६ खेल लैजान मनाङको प्रस्ताव

बुधबार, कार्तिक २४, २०७८हिम बिक्रम केसी
पोखरामा लिगका ६ खेल लैजान मनाङको प्रस्ताव
Classic Tech Internet Ad

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले ए डिभिजन लिगका ६ खेल पोखरामा लैजान एन्फासँग प्रस्ताव गरेको छ । पोखराको रंगशालालाई आफ्नो घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले आसन्न ए डिभिजन लिगका खेलहरु पोखरा रंगशालामा खेल्न चाहेको हो ।

एन्फा कार्यसमिति सदस्य समेत रहेका मनाङका प्रतिनिधि विजय घलेले लिगका ६ खेल पोखरा लैजान दिन एन्फासँग माग गरेका छन् । घलेले बुधबार एन्फाको लिग कमिटीसँगको बैठकमा आसन्न लिग अन्तर्गत मनाङले खेल्ने कम्तिमा ६ खेल पोखरामा राख्न प्रस्ताव गरेका हुन् ।

मनाङले पोखरालाई आफ्नो ‘होम ग्राउण्ड’ बनाउने तयारी सकेको उल्लेख गर्दै उनले लिग अन्तर्गत मनाङले खेल्न आफ्ना खेल पोखरामा लैजान पाउन प्रस्ताव राखेका हुन् ।

मनाङको प्रस्तावमा एन्फाको लिग कमिटी समेत सकारात्मक देखिएको छ ।

‘मनाङका ६ खेल पोखरा लैजाने विषयमा लिग कमिटीसँग सहमती जुटेको छ । कुन–कुन खेल लैजाने भन्ने विषयमा थप छलफल गरेर टुङ्गो लगाउँछौं ।’ बैठकपछि घलेले खेलपाटीसँग भने ।

घलेले लिग कमिटीसँग बसेर थप गृहकार्य गरेर यस सिजन ६ खेल पोखरा लैजाने तयारी गरिएको बताए ।

यस सिजनको ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुदैछ । लिगको दुई चरणको खेल तालिका समेत सार्वजनीक भैसकेको छ । पहिलो चरणमा मनाङले एन्फा कम्प्लेम्समा मसिर १ गते जावलाखेल युथ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दशरथ रंगशालामा मंसिर ४ गते मनाङले लिगको दोस्रो म्याच हिमालयन शेर्पासँग खेल्नेछ ।

तेस्रो चरणपछि लिग अन्तर्गतका आफ्ना ६ खेल मनाङले पोखरा रंगशालामा खेल्न चाहेको हो ।

‘मनाङले ६ खेल पोखरामा गर्न माग गरेको छ । लिग सिंगर राउण्डमा हुने भएकाले ६ खेल भन्दा बढी दिन पनि मिल्दैन । मनाङको प्रस्ताव र मागप्रति एन्फा सकारात्मक छ ।’ एन्फाका महाचिव इन्द्रमान तुलाधरले खेलपाटीसंग भने ।

तुलाधरले पोखरामा लिगका खेलहरु सञ्चालन गर्नका लागि मैदान, सुरक्षा लगायतको तयारीमा जुट्न क्लबलाई आग्रह गरिएको बताए ।

‘मनाङको मागप्रति सरकारात्म छौं । क्लबलाई उपत्यका बाहिर लैजाने एन्फाको नीतिनै हो ।’ उनले भने ।

यस सिजनको लिग सिंगर राउण्ड रोबिनका आधारमा सञ्चालन हुदैन । डबल राउण्ड रोबिनका आधारमा लिग सञ्चालनका लागि एन्फाले आग्रह गरेपनि कोभिडको कारण देखाउँदै सिंगर राउण्डमा मात्र लिग गर्न केही क्लबहरुले दबाब दिएका थिए ।

एन्फाले ए डिभिजनका क्लबहरुलाई काठमाडौं बाहिर जानका लागि आग्रह गर्दै आएको छ । उपत्यका बाहिरका रंगशालालाई घरेलु मैदानको रुपमा विकास गर्न क्लबलाई एन्फाले सुझाव दिईरहेको छ ।

शीर्ष डिभिजनका क्लबले मोफसललाई घरेलु मैदानको रुपमा विकास गर्न सके फुटबलको माहोल र क्लबको आर्थिक प्रगति बढ्ने एन्फाको धारणा छ ।

मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने योजना अघि सारेपछि एन्फाले राखेपसँग समन्वय गरेर लिग तथा अन्य खेलका लागि पोखरा रंगशाला मनाङलाई घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने सहजीकरण गरेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो