• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
इंग्लिस जाइन्ट अस्विकार गर्ने किशोर
खेलपाटी संवाददाता
बुधबार, कात्तिक १०, २०७८ खेलपाटी संवाददाता
इंग्लिस जाइन्ट अस्विकार गर्ने किशोर

काठमाडौं । बोरुसिया डर्टमन्डको सिग्नल इडुना पार्क भन्दा लगभग १ सय ४० किलोमिटर पश्चिममा १८ वर्षीय जुड बेलिङघमले बुन्डेसलिगाका दर्शकलाई रोमाञ्चित बनाइरहदाँ अर्कोतर्फ एक इंग्लिस  किशोर नेदरल्यान्ड्सको चर्चित क्लब पीएसभी आइन्डोभेनमा छाइरहेका छन् ।

उनी हुन इंग्ल्यान्डका १९ वर्षीय नोनी माडुके ।

नोनीले गत सिजन नेदरल्यान्ड्समा बिताए जसमा ९ गोल गर्नुका साथै ८ गोलका लागि सहयोगीको भूमिका निर्वाह गरे ।

उनको सो प्रदर्शनले गर्दा उनलाई गत मार्चमा भएको यूईएफए युरोपियन यू-२१ च्याम्पियनसिपका लागि इंग्ल्यान्डले आफ्नो टोलीमा समावेश गर्यो । त्यसपछि उनीमाथि घरेलु तथा अन्य क्लबहरुको ध्यान गयो ।

उनको शक्तिशाली तथा बहुमुखी आक्रामक खेल्ने शैली परिचित झै लाग्नुको पछाडीको कारण हो उनी इंग्लिस प्रिमियर लिगको सबैभन्दा ठूला नामहरु मध्ये एकबाट प्रेरित छन् ।

‘मलाई फुटबल खेल्ने उत्साह प्रदान गर्ने खेलाडी हुन क्रिस्टियानो रोनाल्डो जति बेला उनी म्यानचेस्टर युनाइटेडका लागि खेलिरहेका थिए । उनी मेरा आदर्श थिए । म उनको खेल हेरेर हुर्केको हुँ,’ नोनी बताउछन् ।

युनाइटेडप्रतिको निष्ठा भएपनि नोनीले आफ्नो प्रगति अन्यत्र हने भन्दै युनाइटेडको प्रस्ताव अस्विकार गरे । १६ वर्षको उमेरमा सन् २०१८ मा टोटेनहमको युवा टोलीमा फस्टाउँदै गर्दा नोनी सिनियर फुटबलमा प्रवेश गर्नका लागि द्रुतमार्गको खोजीमा अघि बढ्ने निर्णय गरे ।

नोनीलाई अनुबन्धन गर्ने ठूला क्लब मध्येका एक थिए म्यानचेस्टर युनाइटेड तर उनले पीएसभीलाई रोजे ।

‘चेल्सी, म्यानचेस्टर युनाइटेड तथा थुप्रै युरोपेली क्लबबाट प्रस्ताव आएको थियो,’ नोनीले थपे । उनलाई टोटेनहमबाट युनाइटेड जानु उस्तै उस्तै लाग्यो र उनलाई छिटो समयमा प्रगति गर्नका लागि युरोपको शीर्ष क्लब पीएसभीले तान्यो ।

नोनी पीएसभीमा हुदाँ उसको दोस्रो स्तरको टोलीका प्रशिक्षक तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रुड भान निस्टेलरोयले उनलाई आफ्नो प्रतिभा तिखार्ने अवसर प्रदान गरे । उनले १७ वर्षकै उमेरमा सन् २०२० मा पीएसभीको शीर्ष टोलीबाट डेब्यू गर्ने मौका पाए ।

पीएसभीले भेल्नोविरुद्ध १–१ को बराबरी खेल्दा नोनीले डेब्यू गर्ने अवसर पाएका थिए । किशोर विंगर नोनीको शीर्ष टोलीको खेललाई अपनाउने शैली देखेर सबै आश्चर्यचकित भएका थिए । उनी प्रगति गर्नमा अरुभन्दा धेरै अगाडी रहेका छन् ।

‘उनी जहिले पनि अरु भन्दा धेरै गर्न खोज्दथे,’ टोटनहमका पूर्व युवा प्रशिक्षक जस्टिन कोचरेनले सम्झे, 'नोनीले यू–१६ मा पर्न के गर्नुपर्छ भनेर सोधेपछि मैले उनलाई आगामी १० खेलमा १० गोल गर्नुपर्छ भन्दा नोनीले १२ गोल गरेका थिए,’ ।

नोनीका अनुसार उनले ठूला, शारीरिक रुपमा बलिया तथा उत्कृष्ट प्रतिद्धन्दीहरुसँग खेल्ने गर्दा नै उनलाई पहिलो स्तरको टिममा खेल्न समस्या भएन ।

नोनीले डेब्यू गरेको केही समयपछि नै कोरोना भाईरसको महामारी फैलियो र नेदरल्यान्ड्सको लिग रद्द गरियो ।

सबैकुरा अनिश्चित भएको अवस्थामा उनले आफूलाई घरबाट टाढा पाए । उनी फुटबल पुन खेल्नका लागि आफ्नोतर्फबाट सक्दो प्रयास गरे । उनले महामारीकैबीच कडा मेहनत गरे तथा पहिलो स्तरको फुटबलमा आफ्नो छाप छोड्ने प्रयासमा जुटे । र सो कुरामा उनी सफल भए तथा अहिले उनी निरन्तर राम्रो गरिरहेका छन् ।

नोनी अहिले पीएसभीको सुरुआती–११ मै स्थान पाउने गरेका छन् । उनले केही समय अघि नै क्लबसँग चार वर्षको सम्झौता गर्नुका साथै १० नम्बरको जर्सी प्राप्त गरे ।

‘म सो जर्सी लगाउन चाहन्थे किनभने राम्रा खेलाडीहरुले सोही नम्बरको जर्सी लगाउछन तथा म आफैबाट धेरै कुराको अपेक्षा गर्छु,’ नोनी भन्छन् ।

उनको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन भनेको सन् २०२१–२२ को क्रुएफ शिल्ड (कम्यूनिटी शिल्ट झै) प्रतियोगितामा भयो । पीएसभीले अयाक्सलाई ४–० ले पराजित गर्दा नोनीले दुई गोल गरे ।

विभिन्न रिपोर्टहरुलाई मान्ने हो भने इंग्ल्यान्डका ठूला क्लबहरु टोटेनहम, म्यानचेस्टर बाहेक युरोपका पेरिस सेन्ट–जर्मेन, रियल मड्रिड जस्ता क्लबहरु नोनीप्रति चासो देखाइरहेका छन् ।

Who is Noni Madueke? Teenager interesting Man Utd and Bayern |  FootballTransfers.com

तर महत्वाकांक्षी लक्ष्य उन्मुख किशोर नोनी अहिले पीएसभीमा पाउनुपर्ने उपलब्धिमा केन्द्रीत छन् ।

‘म आफ्नो उदेश्यमा राम्रोसँग केन्द्रीत हुन चाहन्छु । मैले आफ्नै लागी ठुलो लक्ष्यहरु राखेको छु,’ नोनी भन्छन् ।

‘म केवल लिग र कप जित्न चाहन्छु र युरोपा लिगमा सकेजति गर्न चाहन्छु । व्यक्तिगत दृष्टिकोणमा म मेरो स्तरमा धेरै सुधार गर्न चाहन्छु र धेरै गोल गर्न चाहन्छु र बास्तविकता यही हो,’ नोनी थप्छन् ।

-बीबीसीको सहयोगमा

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP