खोप नलगाएपनि अष्ट्रेलियन ओपन खेल्न पाउने
सोमबार, कार्तिक ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कोभिडविरुद्धको खोप नगाएपनि खेलाडीहरुले अष्ट्रेलियन ओपन टेनिसमा सहभागिता जनाउन पाउने भएका छन् ।
खोप नगाएका खेलाडीहरु १४ दिनको क्वारेन्टाइन बसाईपछि अष्ट्रेलियन ओपनमा सहभागिता जनाउन पाउने भएका हुन् ।
डब्लुटिए टुरले आफ्ना खेलाडीहरुलाई लेखेको इमेल सार्वजनिक भएपछि यो कुरा बाहिर आएको हो ।
तर गत हप्ता नै अष्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले सो ग्रान्ड स्लाम टेनिसका लागि भिसा प्राप्त गर्न खेलाडीहरुले अनिवार्य रुपमा खोपको पूर्णमात्रा लगाएको हुनुपर्ने बताएका थिए ।
ठूलो संख्यामा महिला तथा पुरुष टेनिस खेलाडीहरुले कोभिडविरुद्धको खोप लगाएका छैनन ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)