• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
के गर्लान् अलमुताइरी ?
हिम बिक्रम केसी
बिहीबार, कात्तिक ४, २०७८ हिम बिक्रम केसी
के गर्लान् अलमुताइरी ?

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले ऐतिहासिक प्रर्दशन र नतिजा आत्मसाथ गर्यो । नेपालले पहिलो पटक साफको फाइनल खेल्यो । उपविजेता बन्यो । दक्षिण एसियाली फुटबलमा भारतपछि नेपालनै उत्कृष्ट देखियो ।

नेपालले प्राप्त गरेको उपलब्धि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको टिम छाड्ने निर्णयले छायाँमा पर्यो । फाइनल अघि अलमुताइरीले भारतविरुद्धको खेल आफ्नो अन्तिम हुने घोषणा गरेका थिए । अलमुताइरीले घोषणाले पुन: पुराना घटना सतहमा आए ।

केही महिनाअघि उनको एन्फा उपाध्यक्ष पंकजबिक्रम नेम्वाङसँग ‘नोक–झोक’ चलेको थियो । नेम्वाङलाई आरोपित गर्दै अलमुताइरीले राष्ट्रिय टिम छाड्ने घोषणा गरेका थिए । तर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको पहलमा अलमुताइरी केही समयमा ‘थामथुम’ भए ।

अलमुताइरीकै लागि घटनाबारे छानविन गर्न गठित समितिको प्रतिवेदन समेत ‘ढिसमिस’ पारियो । एन्फा र राखेपको नेतृत्वको ठानेका थिए, प्रतिवेदन कार्यान्वयनमा गएको अवस्थामा अलमुताइरी नेपाल बस्ने छैनन् । दुवै निकाय साफको तयारीलाई प्रभावित बनाउन चाहदैन थिए । साफसम्म हेरौं भन्ने दुवै निकायको मनसाय देखिन्थ्यो ।

सबै ठिक ठाकै थियो । नेपाल ऐतिहासिक रुपमा साफको फाइनल पुगेको थियो । पोस्ट म्याच कन्फरेन्समा आएका अलमुताइरीले भनिदिए, ‘फाइनल खेल नेपालबाट मेरो अन्तिम हुनेछ । म नेपाल फर्कने छैन ।’

अलमुताइरीको उत्तेजक अभिव्यक्तिको केन्द्रमा केही मिडिया र पत्रकार रहेको देखिन्थो । उनी मिडिया र पत्रकारलाई गाली गरिरहेका थिए । ती मिडिया र पत्रकारको नाम भने खुलाएनन् । तर आफुमाथि मिडियाले फिक्सिङ्गको आशंका गरेको गम्भिर आरोप लगाए ।

अलमुताइरीले भने जस्तो सेमिफाइनलको प्रेस कन्फरेन्समा मुख्य प्रशिक्षक नआउनुलाई कुनै पनि मुल धारका मिडियाले त्यसो त लेखेका थिएनन् । केही अनाधिकृत पेज र यूटूबमा हुन पनि सक्छ । तर त्यस प्रकारको प्रशिक्षक लक्षित आरोप कतै भेटिएन ।

तर अलमुताइरीले भेटेको भने । चित्त दुखाए । उत्तेजनामा आए । र भनिदिए, ‘मेरो नाम बेचेर ‘क्लिक’ बढाउन पाउने छैनौं । पैसा कमाउन पाउने छैनौं । म नेपाल आउनेवाला छैन ।’

यि कुवेती प्रशिक्षक अलमुताइरीले मुल धारका मिडिया र सञ्चारकर्मीले नभेटेका सामाग्री कसरी भेट्छन् ? कसले पुर्याउछ ?

कहिले काही म स्वयमलाई आश्चार्य लाग्छ, ताजुब लाग्छ ।

क्षणभरमै ३६० डिग्री फर्किने अलमुताइरी स्वभावले नेपाली सञ्चारजगत ‘हायाकायल’ छ ।

तर उनै अलमुताइरीलाई नेपाली प्रशंसक औधी माया गर्छन् । सम्मान र समर्थन गर्छन् ।

लाग्छ, यो देशमा अहिले एन्फाको अध्यक्ष भन्दा एन्फाको मुख्य प्रशिक्षक चर्चित र लोकप्रिय छ ।

विषयमै फर्कौ ।

अलमुताइरीले साफको फाइनल अघि नेपाल छाड्ने पुन घोषणा गरे । फाइनल खेल लगत्तै एउटा भावनात्मक प्रतिक्रिया दिए । जो भाइरल पनि बन्यो ।

उनले नेपाल आफ्नो घर रहेको बताउँदै त्यो कसैले मेट्न नसक्ने बताए । 

क्षणभरमै भावुक बनिहाल्ने अलमुताइरीले भने, ‘मैले नेपाली टिममात्र बनाएको हैन, अलमुताइरीलाई पनि नेपालले बनाएको हो ।’

कुन परिस्थितीमा कस्तो बोल्न पर्छ, अलमुताइरीलाई राम्रोसँग थाहा छ । त्यही भएर उनी बेला मौकामा धाकै लगाउँछन्, ‘म मनोबिज्ञानको डिग्री होल्डर हो ।’

फाइनलमा अलमुताइरीले के भावना दर्साए, नेपालका खेल प्रशंसक पुग्यो । सामाजिक सञ्जालभरी भन्न थाले, ‘हामलाई अलमुताइरी चाहिन्छ । अलमुताइरीलाई फिर्ता ल्याउ ।’

एन्फालाई फसाद !

प्रशिक्षक रिसाएर घरी एउटा अभिव्यक्ति दिन्छ । अर्को दिन मनभरीको माया पोख्छ ।

के ठान्ने ? के मान्ने ? के सोच्ने ? विचित्रै छ ।

साफको फाइनलको अवसर पारेर माल्दिभ्समै साफको बैठक पनि बस्यो । नेपालबाट अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर, कार्यसमिति सदस्य रत्नकुमार श्रेष्ठ बैठकमा सहभागी हुन माल्दिभ्स पुगे ।

फाइनलकै साँझ अलमुताइरीले एक टेलिभिजनलाई अन्तरवार्ता दिदै आफु नेपाल बस्न तयार रहेको र त्यसका लागि एन्फाले प्रस्ताव गर्नुपर्ने बताए । उनले एन्फाले चाहेको खण्डमा आफु नेपाली फुटबलको सिपाई बन्न तयार रहेको बताए । अलमुताइरीले यो पनि भने, ‘एन्फासँग मेरो सम्झौता अब ४–५ दिनमा सकिन्छ । एन्फाले नयाँ प्रस्ताव ल्याउन पर्छ ।’

सबैले बुझ्न पर्ने एउटा कुरा छ ।

जब अलमुताइरी नेपाल आएका थिए, एन्फाले एउटा ‘टार्गेट’ उनलाई दिएको थियो । त्यो भनेको नेपाललाई साफको फाइनल पुर्याउने हो । 

अलमुताइरीले त्यो गरेर देखाए ।

त्यतिमात्र हैन, उनले ऐतिहासिक रुपमा नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा पुर्याए । अलमुताइरी खेलाडीलाई बारम्बार भन्ने गर्थे, लक्ष्य साफ भएपनि सपना एसिया कप हो । नेपाल र खेलाडीहरु एसियन कपका लागि तयार हुनुपर्छ ।

अलमुताइरीले सार्वजनिक रुपमै भनेका छन्, हाम्रो लक्ष्य एसियन कप खेल्नु हो । उनी खेलाडीलाई त्यसका लागि प्रेरित गरिरहेको हुन्छन् । साफको फाइनल पुर्याएर अलमुताइरीले एन्फाले दिएको लक्ष्य पुरा गरेका छन् । अर्थात एन्फासँग एक अध्याय पुरा भएको अलमुताइरीको बुझाई छ ।

अलमुताइरी एन्फासँग सुरुवातमा एक वर्षको सम्झौता गरेका थिए । त्यो सम्झौता अप्रिलबाट सुरु भएको थियो । पुन एन्फाले अलमुताइरीसँग जुलाइदेखि लागु हुने गरि एक वर्षको सम्झौता गरेको छ ।

अर्थात एन्फासँगको सम्झौता अनुसार उनी सन् २०२२ को सेप्टेम्बरको अन्तिमसम्म राष्ट्रिय फुटबल टिमको नेतृत्व गर्नेछन् । त्यो समय आफुलाई थाहा नदिएर दोस्रो पटक प्रशिक्षकको करार थपेको भन्दै एन्फा उपाध्यक्ष कृष्ण थापाले साउनको पहिलो साता टेक्निकल कमिटीबाट राजीनामै दिएका थिए ।

अलुमताइरीको एन्फासँग सम्झौता सन् २०२२ को सेप्टेम्बरसम्म रहेको छ ।

अर्को बुझ्नुपर्ने तथ्य, अलमुताइरीलाई नेपालले अनुदानमा पाएको हो । कतार फुटबल संघसँग अनुरोध गरेर एन्फाले अलमुताइरीलाई नेपाल ल्याएको हो ।

यसको अर्थ अलमुताइरीलाई तलब कतारले दिन्छ, काम भने अलमुताइरीले नेपालमा गर्छन् । प्राफेसनल लाइसेन्स प्रशिक्षक आफुसँग नभएको भन्दै एन्फाले कतारसँग अनुरोध गरेको थियो । कतारले अलमुताइरीले प्रस्ताव गर्यो । नेपालको अनुरोधमा अलमुताइरी नेपाल आएका हुन् ।

तर अलमुताइरी किन एन्फासँग आफ्नो सम्झौता सकिएको बताउँदैछन् त ?

सबैलाई थाहा छ, पछिल्लो समय नेपालको प्रर्दशन र नतिजामा मात्र सुधार आएको छैन्, अन्तराष्ट्रिय फुटबलमा अलमुताइरीको भाउ समेत बढेको छ ।

दक्षिण एसियाकै श्रीलंकाले अलमुताइरीलाई मुख्य प्रशिक्षकको रुपमा प्रस्ताव गरेको छ । खाडीका राम्रा क्लबको प्रस्ताव त उनको गोजीमै छ ।

यही सेरोफेरोमा अलमुताइरी एन्फासँग सम्झौता सकिएको र नयाँ प्रस्ताव आउनुपर्ने बताउन थालेका हुन् ।

अर्थात, साफको फाइनल पुर्याएसँगै नेपाली फुटबलसँग उनको एउटा अध्याय पुरा भएको छ । अब उनी नेपालसँग काम त गर्न चाहन्छन्, तर त्यसका लागि नयाँ प्रस्ताव चाहन्छन् ।

सिधा कुरा, अलमुताइरी कतारले दिने ६ हजार डलरमा अब नेपालमा काम गर्न चाहदैनन् । 

साफको ‘मिसन’ पुरा भएपछि आफ्नो क्षमता अनुसारको प्रस्ताव नेपालबाट चाहेका छन् ।

साफको समापनपछि एन्फाका पदाधिकारीले अलमुताइरीलाई नेपाल फर्कन र सम्झौता अनुसार अघि बढ्न अनुरोध गरेका थिए । अलमुताइरी त्यसमा सकारात्मक पनि छन् । कतारमा भेटेर अलमुताइरीलाई फकाउने एन्फा अध्यक्षको कोशिश जारीनै छ । तर मुख्य कुरा नेपाल सरकार र एन्फाले अलमुताइरीलाई दिने प्रस्तावमा निर्भर रहनेछ ।

आफु अनुकुल काम गर्ने वातावरण र आफुले हक राख्ने सेवा सुविधाको प्रस्ताव अलमुताइरीले खोेजेका छन् ।

हामीलाई राम्रोसँग थाहा छ, महिनामा दशौं लाख बढी तलब खुवाउने हैसियत एन्फाले राख्दैन । बाँकी कुरा सरकारको प्रस्तावमा निर्भर गर्छ ।

सायद एन्फा र सरकार बीच अलमुताइरीलाई सम्बोधन गर्ने विषयमा चाँडै औपचारिक संवाद सुरु हुनेछ । त्यसैले अलमुताइरीको भविष्यको टुङ्गो लाग्नेछ ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP