• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
‘सिलवाल सर, तपाईले सक्नु भएन’
हिम बिक्रम केसी
बुधबार, कात्तिक ३, २०७८ हिम बिक्रम केसी
‘सिलवाल सर, तपाईले सक्नु भएन’
पहिलो पटक सदस्य सचिवमा नियुक्त भएपछि रमेश सिलवाल । फोटो : खेलपाटी

काठमाडौं ।

भनिन्छ, निराशामा बाँचेको समाजले सधै ‘सुपर हिरो’को माग गर्छ । त्यो समाजलाई सामान्य घटना, पात्रमा विश्वास हुदैन ।

रमेश सिलवाल राखेको सदस्य सचिवको रुपमा के आएका थिए, चरम निराशामा बाँचेको नेपाली खेलकुदले उनलाई सुपर हिरो जस्तै ठानेको थियो ।

एक समय देशमा केपी ओलीको ‘चकाचक’ र ‘रजगज’ भएको समय सिलवाल राखेपमा सदस्य सचिव भएर आएका थिए । केपी ओलीले विश्वास गरेको पात्र, ओलीको भित्री कोटरीका मान्छे, ओलीसँग सिधै पहुँच राख्ने पात्रको रुपमा सिलवालको खुबै चर्चा भयो ।

उनी पहिलो पटक राखेप आउँदा देश १३ औं साग खेलकुदको अन्यौलताबाट गुज्रिरहेको थियो । तत्कालिन प्रधानमन्त्री ओलीले निकै विश्वास गरेर सिलवाललाई सदस्य सचिवको रुपमा पठाएका थिए । देशकै प्रतिष्ठाको सवाल भएका कारण सागको आयोजना र सञ्चालन निकै संवेदनशिल थियो । अन्यौलताका बीच साग खेलकुदको सफल आयोजना र सञ्चालन भयो । सिलवालको ‘हाइ हाइ’ भयो । खेलकुदका पुराना अनुहारले सिलवालमा शरदचन्द्र शाहको झल्को देखेको भन्थे ।

प्रधानमन्त्रीले पत्याएका, विश्वास गरेका, राष्ट्रको ढुकुटी जिम्मा लगाएका पात्रसँग नेपाली खेलकुदका ठुलो अपेक्षा थिए । धेरैले भन्थे, यत्तिका सदस्य सचिव सायदै नेपाली खेलकुदले विरलै पाउनेछ ।

सदस्य सचिवको रुपमा शानदार सुरुवात गरेका सिलवाल राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पदमुक्त भए । नयाँ ऐन अनुसार अब खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिवको छनोट हुने भयो । सिलवालले नयाँ ऐनप्रति बिमति राख्दै आएका थिए । मन्त्रालयको आह्वान गरेको खुल्ला दर्खास्तको अन्तिम समयमा सिलवालले निवेदन दिए, प्रधानमन्त्री ओलीको इच्छा अनुसार दोस्रो पटक सदस्य सचिवको रुपमा उनी नियुक्त भए ।

सिलवालको दोस्रो नियुक्तिलाई सबैले हार्दिकता सहितनै लिएका थिए । अझ भनौं केही विरोधीलाई छाडेर सबैले सिलवाललाईनै सदस्य सचिवको रुपमा देख्न चाहेका थिए । खेलकुद ऐनको परिवर्तित अवस्थामा काम गर्न आँकलन पनि थियो । तर शक्तिशाली प्रधानमन्त्रीको साथ रहेका सिलवाललाई गाह्रो नहुने एकथरीको बुझाई थियो ।

सदस्य सचिवको रुपमा आएपछि सिलवालले दुई शब्द निकै जोड दिएर भन्ने गर्थे, सुशासन र पारदर्शीता । दुखका साथ भन्नु पर्छ, राखेपमा बिताएको दुई वर्ष समय सिलवालले कुशासन र अपारदर्शीतामै बिताएका छन् ।

गत सोमबार सरकारले सदस्य सचिव सिलवाललाई पदबाट बर्खास्त गर्यो । नेपाली खेलकुदले आश गरेका, भरोसा गरेका पात्रको बहिर्गमन निकै निराशाजनक रह्यो । दोस्रो कार्यकालमा खेलकुद सञ्चालनमा सिलवाल पूर्णत असफल सावित रहे । उनले दोस्रो कार्यकालमा नेपाली खेलकुदलाई कुनै योजना र आशा दिन सकेनन् । बरु आफ्नै संकिर्ण स्वभाव र कार्यशैलीले आलोचित बने ।

सुशासन र पारदर्शीता कायम गर्ने बाचा सहित खेलकुद छिरेका सिलवालनै बरु कुशासन र अनियमितताका संरक्षणकर्ता जस्तो बने । साग खेलकुदको अनियमिततामा उनी मुछिए भने केही विवादास्पद ठेक्का प्रकृयामा जोडिन पुगे । नेपाली खेलकुद मात्र हैन, समग्र देशले आश गरेर काबिल ठानेका पात्र ‘भुत्ते’ साबित बने । खेलकुद बदल्ने लक्ष्य सहित राखेप छिरेका सिलवाल राज्यका अघि ‘अयोग्य’ सावित बने ।

ऐन कार्यान्वयनमा असफल :

नेपाली खेलकुदको कार्यकारी निकाय राखेपका प्रमुख हुन्, सदस्य सचिव । दोस्रो पटक सदस्य सचिव बनेर आएपछि ऐन कार्यान्वयनको जिम्मेवारी सिलवालको समेत थियो । तर ऐन कार्यान्वयनमा उनी पुरै असफल देखिए । राष्ट्रिय खेलकुद ऐन २०७७ प्रति उनले सार्वजनीक रुपमा असन्तुष्ट जनाएका थिए । जिम्मेवारी वहन गरेर आएपनि ऐन कार्यान्वयनको दायित्व सिलवालको थियो । तर पछिल्ला एक वर्ष उनी यसमा निकम्मा जस्तै बने ।

ऐन कार्यान्वयन नहुँदा पुरै खेलकुद भद्रगोल बन्यो । ऐन कार्यान्वनयका लागि मन्त्रालयले कार्यविधि तयार गरेको थियो । तर सो कार्यविधिमा राखेपले कहिल्यै छलफल गरेन र सुझाव समेत मन्त्रालयलाई दिएन । ऐनको कमजोरीको बाहानामा पुरै खेलकुदलाई असफल बनाउनमै सदस्यको सचिवको जोड देखियो । कार्यविधि तयार नहुँदा खेलकुद ऐन कार्यान्वयनमा समस्या देखिएको छ ।

जिम्मेवार विहिन :

पछिल्ला डेढ वर्ष खेलकुद मात्र हैन, विश्व समुदायनै कोभिडबाट प्रभावित बन्यो । नेपाली खेलकुद त अझ अस्तव्यस्त बन्यो । तर खेलकुदको कार्यकारी निकायको हैसियतमा सदस्य सचिव सिलवाल मौन प्राय रहे । कोभिडमा खासै खेलकुद गतिविधि सञ्चालन गर्न नसकेपनि उनले खेलाडी र खेललाई जोगाउन सक्ने, प्रशिक्षणलाई एउटा प्रक्रियाबाट नियमित गर्न सक्थे । तर उनको यसमा रुचि देखिएन ।

खेलाडी, खेलकर्मीको राहत र उद्धारमा कुनै ठोस कार्यक्रम ल्याएनन् । खेलकुदका विभिन्न व्यक्ति र संस्थाले व्यक्तिगत र संस्थागत पहलमा राहतका कार्यक्रम सञ्चालन गरे । तर राखेपले आफ्ना खेलाडी, प्रशिक्षक, अफिसियल, खेल पदाधिकारीको अवस्थाबारे कुनै चासो राखेको देखिएन ।

एउटा उदाहरण, कोभिड प्रकोप सुरु भएसँगै झापामा एउटा अमानवीय घटना घट्यो । एथ्लेटिक्सकी राष्ट्रिय च्याम्पियन चन्द्रकला लामगादेमाथि जातिय बिभेद र कुटपिटको घटना घट्यो । तर खेलकुदको अभिभावकीय संस्था राखेप यस घटनामा पुरै बेखबर जस्तै रह्यो । एउटा राष्ट्रिय खेलाडीमाथि जातिय बिभेद र कुटपिटको घटना सार्वजनीक हुँदा राखेपका सदस्य सचिवले एउटा बिज्ञप्ति निकाल्न समेत आवश्य ठानेनन् । राष्ट्रिय च्याम्पियन खेलाडीमाथि भएको यस अमानवीय घटनामा राखेपले सामान्य मानवीय समवेदना समेत देखाएन ।

भद्रगोल खेलकुद :

अघिल्लो महिना नेपाल तेक्वान्दो संघले राखेपको निर्देशन लत्याउँदै निर्वाचन गर्यो । ऐन, कानुनलाई देखाउदै निर्वाचन रोक्न निर्देशन दिएको राखेपले झण्डै डेढ वर्ष आफै कानुन निर्माणमा कुनै हात हालेन । तेक्वान्दो संघले अवैधानिक कामनै गर्यो । र संघले अवैधानिक काम गर्यो भन्ने नैतिक बल राखेपसँग समेत छैन । राखेप आफैले ऐन अनुसारको कार्यविधि बनाउन पहलकदमी लिएको छैन ।

कार्यविधि नहुँदा तेक्वान्दो मात्र हैन, भलिबल, जुडो लगायतका धेरै संघ तदर्थवादमा चलेका छन् । तर राष्ट्रिय संघलाई निर्वाचनमा लगेर शुसासन कायम गर्ने सवालमा सदस्य सचिव सधै बेखबर रहे । नयाँ ऐन अनुसार धेरै राष्ट्रिय संघको निर्वाचन रोकिएको छ । तर कानुनी रुपमा गाँठो फुकाएर संघहरुलाई निर्वाचनमा लैजाने ठोस कदम सिलवालले चालेनन् । समयमै निर्वाचन नहुँदा खेलकुद संघका काम कारबाही प्रभावित छन् । अनियमिमता बढेका छन् । काम गर्न सकेका छैनन् । तर खेलकुदको कार्यकारी निकायले यसलाई गम्भिरतापूर्वक लिएन ।

समन्व्यको अभाव :

राखेपको बोर्डलाई निकम्मा बनाउने सबैभन्दा ठुलो भुमिका सिलवालले खेले । करिब डेढ वर्ष भो, राखेपको बोर्ड बैठक बस्न नसकेको । राखेपको बोर्ड बैठक बसाल्ने अधिकार सदस्य सचिवलाई छैन । तर दावा लामा खेलकुद मन्त्री हुँदा राखेपको बोर्ड बैठक राखेर खेलकुदलाई विधि, पद्धती र वैधानिक ढंगले चलाउने अवसर सिलवाललाई थियो । मन्त्री आफै खेलकुद सदस्य सचिव सिलवालले चलाउने हो भन्थे । तर आफुलाई सहज अवस्थामा हुँदा समेत उनले राखेपको बोर्ड बैठक राख्न चासो दिएनन् । ऐन विपरित आफु अनुकुलका राखेपका बोर्ड सदस्यलाई जिम्मेवारी दिने र फरक मत राख्नेलाई जिम्मेवार विहिन बनाउने काम सिलवालले गरे ।

एउटै डुङ्गामा रहेका राखेपका बोर्ड सदस्यसँग समेत सिलवालको सम्बन्ध सुमधुर रहेन । आफ्नै पार्टीबाट मनोनित भएर आएका सदस्यसँग सिलवालले काम गर्न सकेनन् । राखेपमै कर्मचारीको अगाडी हात हालाहालको अवस्था बन्यो । खेलकुदले अझ बढी जिम्मेवारीबोध र सामुहिक कार्यशैलीको माग गर्छ । सिलवाल एक्लै हिड्न खोजे । खेलकुदमा लामो अनुभव र क्षमता भएका बोर्ड सदस्यसँग सहकार्य र समझदारी गर्न सकेनन् ।

सागको अनियमितता :

साग आयोजनाको कार्यविधिले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च–विवरण सार्वजनीक गर्नुपर्ने भन्छ । तर सिलवालले ‘फेस सेभिङ’का लागि झण्डै एक वर्षमा सागको खर्च विवरण सार्वजनीक गरे । सागको सामान खरिद तथा वितरणमा सरकारकै महालेखा परिक्षकको कार्यालयले ठुलो प्रश्न उठाएको छ । वार्षिक प्रतिवेदनमै साग खेलकुदको खर्च प्रक्रियामा अपरादर्शीता देखिएको उल्लेख गरेको छ । पारदर्शीताको बिगुल फुक्दै खेलकुद छिरेका सिलवाललाई साग खेलकुदकै अनियमितताको दाग लागेको छ । सागको अमियमिमता राज्यको सम्बन्धित निकायले एक दिन पक्कै छानविन गर्नेछ ।

मुलपानी क्रिकेट मैदान र दकमको अन्तराष्ट्रिय फुटबल रंगशाला निर्माणको ठेक्का प्रक्रिया सम्झौतामा समेत सिलवालमाथि युवा तथा खेलकुद मन्त्रालयको गम्भिर आपत्ती छ । मन्त्रालयको निर्देशन बेवास्ता गर्दै उनले मुलपानीको ठेक्का सम्झौता अघि बढाएपनि दकमको रंगशालाको प्रक्रिया अहिले रोकिएको छ ।

योजना विहिन नेतृत्व :

हरेक नेतृत्वसँग एउटा सपना हुन्छ, लक्ष्य हुन्छ । तर सदस्य सचिवको रुपमा सिलवालको सपना, योजना र लक्ष्य नेपाली खेलकुदले देख्न पाएन । न उनले नीतिगत रुपमा खेलकुदमा आशा देखाउन सके, न व्यवहारिक रुपमा खेलकुदलाई चलायमान बनाउन सके ।

तत्कालिन सदस्य सचिव युवराज लामाले राष्ट्रिय टिम तयारी र नियमित प्रशिक्षणको योजना घरेलु खेलकुदमा कार्यान्वयन गरेका थिए । १३ औं सागमा नेपालले प्राप्त नतिजाको धेरै योगदान लामाको सो योजनाको मानिन्छ ।

राष्ट्रिय टिम बनाउने, खेलाडीलाई नियमित प्रशिक्षणमा राख्ने र अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गराएर नतिजा निकाल्ने तत्कालिन सदस्य सचिव लामाको योजनाले सागमा राम्रो काम गर्यो । तर सो अनुसारको ‘भिजनरी योजना’ सदस्य सचिव सिलवालबाट कहिल्यै आएन । बरु पुरानै योजनाको कार्यान्वनयमा समेत उनी चुके । सागपछि धेरै खेलाडीले राष्ट्रिय च्याम्पियनसिप खेल्न पाएका छैनन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई खुसी पार्न प्रज्ञा प्रतिष्ठानमा सयौं खेलकर्मी जम्मा गर्ने सिलवालले कोभिडलाई देखाएर पक्कै छुट पाउनै छैनन् ।

साग आयोजनाको ठुलो जस भेटेका सिलवाल दोस्रो कार्यकालमा भने बर्खास्तमा परे । अनौपचारिक संवादमा सिलवाल पुन खेलकुदमा आफु नफर्कने बताउने गरेका थिए ।

गोल्डेनगेट कलेजलाई नेपाली नीजि क्षेत्रकै अग्रणी शैक्षिक संस्था बनाएका सिलवालले खेलकुदमा भने आशा भने देखाउन सकेनन् । सरकारबाट बर्खास्तमा परेका सिलवाल अदालत जाने केहीको अनुमान छ । खेलकुदप्रति थोरैपनि माया भए, सिलवालले खेलकुदलाई थप गिजोल्ने काम नगरुन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP