काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लिया नेपाल आईपुगेका छन् ।
सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि युवा स्ट्राइकर विकास मंगलबार साँझ नेपाल आईपुगेका हुन् ।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
१८ वर्षीय विकासले खेल्ने क्लबको नाम भने खुलाएका छैनन् ।
पछिल्लो समय विकासले इटालीका चर्चा कमाईरहेका छन् ।
इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् ।