काठमाडौं । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिता कात्तिक ६ देखि १६ गतेसम्म हुनेछ । खेल एन्फा कम्प्लेक्समा हुनेछ भने फाइनल दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिपबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २१ टिमको सहभागिता रहेको आयोजकले फुटबलर्स मिसन टुगेदरले जनाएको छ ।

सहभागी टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा ३ जना ३५ वर्षमाथिको र बाँकी खेलाडी ४० वर्ष माथिको हुनुपर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि कुल २५ लाख खर्च हुने अनिमान गरिएको छ । टिकटबाट उठेको रकमको अक्षयकोष खडा गर्दै विपन्न खेलाडीको स्वास्थ्य उपचारको लागि खर्च गरिनेछ ।