काठमाडौं । युरो २०२० को फाइनलमा इंग्ल्यान्डले इटालीसँग पेनाल्टीमा व्यहोरेको हारको पीडा लामो समयसम्म रहेपनि इंग्ल्यान्डका लागि केही विशेष सुरुवात रह्यो । त्यो थियो जुड बेलिङघमको प्रदर्शन ।
प्रतियोगिताको दौरान मिडफिल्डर बेलिङघमले तीन खेल खेल्दा वेम्बलीमा भएको फाइनल खेल्ने अवसर प्राप्त गर्न सकेनन् । तर, उनले युवा प्रतिभा हुर्काउने प्रसिद्ध क्लबमा आफ्नो प्रतिभा तिखार्दैछन् ।
बोरुसिया डर्टमन्डका लागि एकैनासको प्रदर्शन गर्दै आएका १८ वर्षीय बेलिङघमलाई स्टेभन जेरार्डसँग तुलना गरिन थालिएको छ । परिपक्वताको हिसाबले सेस फाब्रिगास तथा भिन्सेन्ट कोम्पनीसँग तुलना गरिने गरिएको छ ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बेलिङघमलाई आराम दिन पछिल्लो पटक टोलीमा समावेश नगरेपनि सो निर्णय के कुराको संकेत गर्छ भने बेलिङघमले आफ्ना प्रशिक्षकलाई भविष्यमा राष्ट्रिय टोलीका एक महत्वपूर्ण हिस्सा हुन सक्ने विश्वास दिलाइसकेका छन् ।

समरमा इंग्ल्यान्डले इटालीसँग खेल्दा आश्चर्यजनकरुपमा बेलिङघम एक मुख्य खेलाडीको रुपमा थिएन ।
‘युरोको समयमा इटालीमा बेलिङघमको बारेमा कुराकानी भएको थियो, जस्तै म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग दौडमा फिल फोडेनको चर्चा भए जसरि,’ इटाली फुटबलका विशेषज्ञ जेम्स हर्नकासलले भने ।
उनका अनुसार फाइनलमा इंग्ल्यान्डले थुप्रै प्रतिभाहरुलाई खेर फाल्यो उसले राम्रा खेलाडीहरुलाई अवसर दिनुपर्थ्यो ।
‘तर त्यो अन्त्य होइन, यो इंग्ल्यान्डका लागि केही कुराको सुरुवात हो र यसमा बेलिङघम अग्रस्थानमा छन्,’ हर्नकासलले थपे ।
गत सिजनमा क्लब र देशका लागि ५३ खेल खेलेको तथा बुन्डेसलिगा र च्याम्पियन्स लिगमा नियमितरुपमा रहेको हिसाबले बेलिङघमलाई विश्राम चाहिने सुझाव जायज लाग्न सक्छ ।
पछिल्लो समय पनि उनको प्रदर्शन कम ऊर्जावान भने छैन र सहपाठीहरुले उनको खुलेर प्रशंसा गर्ने गरेका छन् ।
बेलिङघमले बुन्डेसलिगा अन्तर्गत अगस्टमा होफेनहेमविरुद्ध शानदार बाँयाखुट्टे स्ट्राईक तथा च्याम्पियन्स लिगअन्तर्गत सेप्टेम्बरमा बेसिक्टासविरुद्ध एक गोल र एक असिस्टले उनीसँग प्रशस्त क्षमता रहेको देखाउछ ।
मार्को रिउसले बेलिङघमको खेलशैली र दौडिने इच्छाशक्तिका कारण उनलाई स्टेभेन जेरार्डसँग तुलना गरेका छन् ।
बेलिङघम आफ्नी आमासँग जर्मनीमा बस्छन् जसका कारण उनलाई सामान्य तरिकाले राख्न सहयोग गर्दछ तर मैदानमा भने उनी एक कडा धारको रुपमा रहेका छन् । यसको उदाहरण स्वरुप बेसिक्टासका उग्र समर्थकहरुको भिडलाई शान्त पारिदिएका थिए ।
जर्मनीमा उनले के गर्न सक्दैनन भन्ने बारेमा कुरा हुने गरेको छ । सन् २०१९ मा बर्मिङघम सिटीका सबै भन्दा कम उमेर अर्थात १६ वर्ष ३८ दिनमा डेब्यू गर्दै इतिहास रचेका बेलिङघम अहिले धेरै अघि बढिसकेका छन् । सो सिजनको अन्त्यसम्म आईपुग्दा उनी युरोपको ठूला क्लबसँग जोडिए, उनले खेल्न अवसर बढी प्राप्त हुने सोचेर जर्मनी जानका लागि म्यान्चेस्टर युनाईटेडको प्रस्ताव अस्विकार गरे ।
‘उनी निकै परिपक्व छन,’ युरोपियन फुटबल विशेषज्ञ जुलियन लौरेन्सले बताए । उनले मलाई फाब्रिगासको सम्झना दिलाउछ ।
बेल्जियमका पत्रकार क्रिस्टोफ टेरेउरले बेलिङघमलाई म्यान्चेस्टर सिटीका कप्तान कोम्पनीसँग तुलना गरेका छन जसले १७ वर्षकै उमेरमा एन्डरलेकमा प्रवेश गरेका थिए ।

प्रिमियर लिग क्लबहरुको सर्कलमा इंग्ल्यान्डमा एउटा यस्तो खेलाडी फर्काउनु पर्ने जसले इंग्ल्यान्डको लागि मिडफिल्डरको रुपमा आगाडी १५ वर्षसम्म खेल्न सकोस भन्ने चर्चा चलिरहेको छ ।
‘त्यो क्षमता विकासका लागि बेलिङघमलाई डर्टमन्डमा स्थान छ,’ बुन्डेसलिगा रिर्पोटर आर्ची रिन्ड-टट बताउछन् । ‘उनको अहिलेको प्रदर्शन जारी राखे उनी लामो समय त्यहाँ बस्छन जस्तो लाग्दैन । उनले प्राप्त गरिरहेको स्तर र उचाई उल्लेखनिय छ,’ उनले थपे ।
आर्चीका अनुसार बेलिङघम जुनसकै क्लबमा फिट हुनसक्छन् । लौरेन्सको सुझाब अनुसार यदी उनले डर्टमन्ड छाड्ने निर्णय गरे म्यान्चेस्टर युनाईटेड वा म्यान्चेस्टर सिटीमा आवद्ध हुनुपर्दछ ।
‘यदी युनाईटेडले पल पोग्बाको प्रतिस्थापनका लागि कसैलाई खोज्छ भने त्यो बेलिङघम हो । उनी १८ वर्षकै उमेरमा १०० मिलियन पाउण्डको खेलाडी हुन् । जति कुर्यो उसको भाउ उति बढ्छ । यदि लामो समय पर्खियो भने १ सय २० मिलियन देखि १ सय ३० मिलियन पाउण्ड हुन्छ,’ लौरेन्सले थपे ।